हिड्ने क्रममा लड्दा एक पुरुष घाइते


पैरवी खबर

साफेबगर -अछाममा हिड्ने क्रममा लड्दा एक जना घाईते भएका छन ।

शनिबार साँझ जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १२ बाब्लाका ४८ बर्षिय भिम रावत मिस्त्री कामगरी घर फर्किने क्रममा बाटोबाट झन्डै ८÷ १० मिटर तल खसेर घाईते भएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

उनको घाँटीको पछाडी मेरुडण्डमा चोट लागेकाले उपचारका लागी आज दिउँसो १२ न्याय हेल्थ अस्पताल बयालपाटा ल्याईएको थियो ।

बयालपाटा अस्पतामा सामान्य उपचार गरी थप उपचारका लागी अन्यन्त्र रेफर गरीएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।