साफेबगर – भगवती आधारभुत बिधालय साफेबगर नगरपालिका ४ भण्डारीगाउको शैक्षिक शस्त्र ०७७/७८को सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।
लेखा परीक्षण कार्यक्रममा ८७ लाख ६० हजार २ सय ४७ बराबरको आय ब्याय प्रस्तुत गरिएको थियो ।
शिक्षक अभिभावक संघ अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ४ न वडा मस्टामाण्डौका वडा अध्यक्ष बालगिरी कुवर प्रमुख अतिथि रहनु भएको थियो ।बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुरत भुल , चक्र कुवर अतिथि रहनु भएको थियो ।
शिक्षिका तुलसी शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षक रुप कुमार ओडले गर्नुभएको थियो ।