जेठ ८
साँफेबगर नगरपालिकाले नगरका २८ जना वृद्धवृद्धालाई धार्मिक स्थलको भ्रमणमा लगेको छ । जेष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्र्तगत जीवनको उत्तरार्धमा रहेका वृद्धवृद्धालाई भ्रमणमा लिएको हो । जीवनको उत्तरार्धमा देशका धार्मिक स्थलको भ्रमणमा जानु पाउँदा साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोटका पदम सिंह कुँवरको खुसीको सिमा नै छैन् । स्थानीय सरकारले जीवनको उत्तरार्धमा देशका धार्मिक स्थलको भ्रमणमा लगेर वृद्धवृद्धालाई सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आफूले स्थानीय सरकारको महसुस गरेको बताउनुभयो ।
यस्तै वडा नं.१४ पातलकोटका ७५ वर्षीया लिला खड्काले काठमान्डौं र पोखराको नाम सुनेको भएपनि त्यहाँ जाने उहाँलाई कुनै कल्पना समेत थिएन् । तर साँफेबगर नगरपालिकाले धार्मिक स्थलको भ्रमणमा लिएपछि कतिवेला काठमान्डौंमा पुगेर पशुपति नाथको दर्शन गरुला भन्ने खुल्दुली बढ्न थालेको छ । जीवनको उत्तरार्धमा रहेका वृद्धवृद्धालाई घरपरिवार र समाजमा मान सम्मान हुँदैन । तर जीवनको उत्तरार्धमा नजिकको सरकारले वृद्धवृद्धालाई सम्झेको खुसी व्यक्त गर्नुभयो । तिर्थस्थल पशुपतिनाथ दर्शन गर्न जान पाएकोमा आफु सहित सबै वृद्धवृद्धाहरु पनि खुसि भएको ७५ वर्षिय कृष्णबहादुर भाटको भनाई रहेको छ । उहाँले अहिलेसम्म भत्ता वाहेक अन्य वुद्धवृद्धाको लागि राज्यले केही व्यवस्था गर्न सकेको थिएन् । जेष्ठ नागरिकलाई साँफेबगर नगरपालिकाले भ्रमणमा लिएकोमा धन्यावाद समेत दिनुभयो ।
वृद्धवृद्धाहरुलाई धार्मिक स्थलको भ्रमण यात्राको लागि विदाई कार्यक्रममा सहभागिता हुनुभएका साँफेबगर नगरपालिकाका उपप्रमुख विर्मलादेवि वुढ्थापाले जीवनको उत्तरार्धमा भएको भ्रमणबाट सकरात्मक कुराहरु सिकेर आउनको लागि आग्रह गर्नुभयो । उहाँले बिकृत मानसिकतालाई उतै राखेर सकरात्मक र नयाँ कुराहरु सिकेर आउनको लागि आग्रह गर्नुभयो । उहाँले वृद्धवृद्धालाई जीवनको उत्तरार्धमा मेरो कोही छैन भन्ने भावना नराख्न पनि आग्रह गर्नुभयो। वृद्धवृद्धाको समस्यामा नगरपालिका साथैमा रहेको जानकारी दिनुभयो ।
साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले घरवार वाहिर नगएका जीवनको उत्तरार्धमा रहेका वृद्धवृद्धालाई देशको राजधानी काठमान्डौं देखाउने, पशुपतिनाथको दर्शन सँगै देशका महत्वूर्ण धार्मिक स्थलको भ्रमण गराउनु जेष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्र्तगत देशदर्शन कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । उहाँले यो भ्रमणले वृद्धवृद्धाले देशको राजधानी देख्न पाउनेछन्, पशुपति नाथको दर्शन गर्ने पाउने बताउनुभयो ।
उहाँले जेष्ठ नागरिकलाई देशका महत्वपूर्ण पर्यटकिय, धार्मीक क्षेत्रको अवलोकन नराउने उद्देश्य पनि रहेको पनि पाउने बताउनुभयो । ज्येष्ठ नागरिकलाई सम्मान गर्ने सिकाउने संस्कृति भएको बताउनुभयो । ‘ज्येष्ठ नागरिकलाई देवतासरह सम्मान दिनुपर्छ भन्ने सन्देश साँफेबगर नगरपालिकाको रहेको नगर प्रमुख कुँवरको भनाई रहेको छ । यसले परिवार र समाजमा पनि खुसियाली ल्याउने विश्वास व्यक्त गर्नुभयो । वृद्धवृद्धालाई डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, नेपागंजको वागेश्वरी, लुम्वीनि, नवरपराशिको मन्दिर, पशुपतिनाथको दर्शन, कवुलकारको यात्रा, काठमान्डौंबाट फर्कदा पोखरा, वुटवल, सुर्खेत हुँदै अछाम हुने यात्राले समग्र देशको अवस्थाको वारेमा जानकारी पाउनेछन् नगर प्रमुख कुँवरले भन्नुभयो । वुढेकालमा थन्किेर बस्ने वृद्धवृद्धालाई देशदर्शन कार्यक्रमले उर्जा भर्न नगर प्रमुख कुँवरको भनाई रहेको छ ।