शेरबहादुर सार्की
कैलाली, फागुन ३० गते । शान्ती पुनरसर््थापना गृह महेन्द्रनगरको टिम सधै मानवीय सेवामै तल्लीन हुँदै आएको छ ।
कोरोनाको समयमा हजारौ नारीहरुको दुःखको साथी बन्दै गएको शान्ती पुनरस्र्थापना गृह अहिले पनि मानव सेवामा नै तल्लिन हुँदै आएको छ ।
कन्चनपुरको गड्डाचौकी नाकामा स्थाना भएको शान्तीपुनरसर््थापना गृहले सुदूरपश्चिमका नौ वटै जिल्लाका हरेक महिला दिदीबहिनीहरुको घाउमा मलम पट्टी लगाउँदै आएको छ ।
कामको खोजीमा भारत जानेक्रममा दलालहरुको पञ्जामा परेका हजारौ महिलाहरुको ज्यान सुरक्षित् राख्दै कयौँ महिलाहरुको उद्धार कार्यमा निकै सक्रिय भुमिका निर्वाह गर्दै आएको छ ।
शान्ति पुनरसर््थापना गृहले सुदूरपश्चिम प्रदेशका बाजुरा,बझाङग, अछाम, डडेल्धुरा, डोटी,बैतडी, दार्चुला कैलाली र कञ्चनपुरका हजारौ महिलाहरुको समेत उद्धार गरेको छ ।
यति मात्र कहाँ हो र पूर्वि नेपालको हरेक जिल्लाबाट काम लगाइदिन्छु भन्दै दलालले महिलाहरुलाई फलाइ फखाइ गरेर यो नाकामा ल्याउँदै गरेका सयौ महिलाहरुको पनि यो शान्तिपुनरसर््थापना गृहले उद्धार गरेको छ ।
यो संस्थाले कञ्चनपुरको ब्रहमदेव गड्डाचौकी बेलौरी र दोधारा लगायत चार वटा सिमानाकालाई आफ्नो कार्य क्षेत्र बनाएर त्यहाँबाट भारतमा बिक्रीका लागि लैजादै गरेका हजारौ महिलाहरुको उद्धार गर्दै आएको छ ।
गरिबीका कारण कामको खोजीमा भारतमा जानेक्रममा नेपाल तथा भारतका दलालको पञ्जामा परेका हजारौ महिला बिक्रीहुनबाट जोगाउँने काम गरेको छ ।
कतीपय संस्थामा कर्मचारीहरु दिनमा मात्रै अफिसमा काम गर्छन् र बेलुका आ आफ्नो घर वा कोठामा जाने गर्दछन् । तर शान्तीपुनरसर््थापना गृहका कर्मचारी भने रात दिनमा मानव सेवामा नै तल्लिन हुँदै आएका छन् ।
कञ्चनपुरको ब्रहमदेव नाका पनि मानव ओसार पसरा गर्न निकै सहज हुने नाकाको रुपमा पर्दछ ।
यो नाकाबाट दर्जनौ किशोरी भगाएर लिने क्रममा मैले बेलुका उद्धार गर्दै आएको बह्रमदेव नाकाका प्ररामर्शदाता ललिता जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो नाका एकदमै डर लाग्दो हो , यहाँ काम गर्न निकै कठिन छ , तर पनि यहाँको प्रहरीको साहायताले मैले राती भगाएर लिदै गर्दा कयौ महिला दिदीबहीनिहरुको उद्धार गरेको छु ।,,
मानव सेवा नै एक अपरिहार्य काम भएकोले मैले मेरो संस्थाले दिएको जिम्मेवारी पुरा गर्न तथा म पनि नारी भएकोले त्यो दुख मेरो नै हो भन्ने मनसायले उहाँहरुको उद्धारमा लागि परेको जोहीले बताउनुभयो ।
नाकामा फेला परेका अधिकाशं महिला दिदीबहिनीहरु प्राय गाउँमा काम नमिलेको भन्दै कामको खोजीमा भारत जान थालेको भन्ने कुरा सुनाउँने गर्छन् शान्ति पुनर्रस्थापना गृहका प्ररामर्शदाता रष्मिता साप्कोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफु पुर्वको भएका कारण त्यहाँका महिला जस्तै निडर र सही हुन सक्छन यहाँका महिला पनि सोचेको थिए तर यहाँ पुरुष प्रधान भएको ठाउँ रहेकोले महिलाहरुले खुलेर आफ्ना कुरा राख्न मान्दैनन् रहेछन् ।,,
आफुले उहाँहरुलाई जति पनि सहयोग गर्ने कुरा गरेपनि खुलेर कुरा नगर्न सकेपछि यहाँका कयौ महिलाहरु पीडामा पर्ने गरेको प्ररामर्शदाता साप्कोटाले बताउनुभयो ।
दलालको पञ्जामा परेर आफ्नो दुखका भारी विसाउँदै आएका महिला दिदीबहिनीहरुका कुरा सुन्दा आफुलाई दिनरात महिला दिदीबहिनीहरुकै सेवामा काम गर्न निकै उत्साहीत हुने गरेको प्ररामर्शदाता मनिषा न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो,“संस्थाले हामीलाई जागिर मात्र नदिएर हिंसामा परेको महिलाहरुको पीडामा मलम पट्टी गर्ने एउटा अतुलनीय शक्ति दिएको महसुस भएको छ ।,,
शान्ति पुनरसर््थापना गृहमा काम गर्ने अवसर पाएपछि अहिले महिलाहरुको पीडा दुखलाई सुखमा बदल्ने अवसर मिलेको प्ररामर्शदाता नीतु विष्टले बताउनुभयो ।
उहाँले भननुभयो, “यो भन्दा पहिला आफुले विभिन्न संन्चार क्षेत्रमा पनि काम गरे तर जव यहाँ आए तव ममा एक उर्जा थप भयो । त्यो उर्जाले मलाई अहिले यहाँका महिला दिदीबहीनीको पीडामा मलम पट्टी लगाउने शक्ति मिल्यो ।,,
पढेर जागिर मात्र होइन समाज सेवा गर्नु पनि एक सामाजिक काम हो त्यसैले मैले यो क्षेत्रमा आएर संस्थाले मलाई जिम्मेवारी दिएको काम पुरा गर्न पाउँदा आफुलाई एक अबल नारीको रुपमा सिकाइ भएको विष्टले बताउनुभयो ।
कञ्चनपुरको दोधारा चाँदनी पनि भारतको सिमानामा नै पर्दछ । त्यो सिमानाबाट यहाँका हजारौ मानिस कामको सिलसिलामा भारत जाने गर्छन् ।
यहि भारत जाने क्रममा दलाले भारतमा कामको लोभ देखाएर यहाँका कयौ महिलाहरुलाई भारत लैजाने क्रममा उद्धार गर्दै आएको दोधारा चाँदनी वीटका प्ररामर्शदाता रेखा भण्डारीले बताउनुभयो ।
शान्ति पुनरसर््थापना गृहका कर्मचारीले अघिल्लो वर्षमा देशमा कोरोनाको कहरमा पनि आफ्नो ज्यान जोखिममा राखेर पनि यहाँका महिला दिदीबहिनीहरु दलालको बेचविखन हुनबाट जोगाउने काममा निकै राम्रो भुमिका खेल्दै आएका थिए ।
दिनमा भन्दा पनी रातमा यस नाकाबाट कयौ महिलाहरुलाई भारतमा लिने गरेकोले तीनीहरुलाई राती नै उद्धार गर्नु परेको शान्ति पुनरसर््थापना गृहका रिहान ठकुरीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“यस संस्थाका सबै कर्मचारीहरुलाई संस्थाको नीति नियम र कानुनमा रही काम गर्नु पर्छ भन्दै कार्यलय प्रमुखले सधै उत्प्ररित गर्दै आउनु हुन्छ ।,,
जसका कारण यो क्षेत्रमा काम गर्न न रात मानिन्छ न त दिन मानिन्छ , चौविसै घण्टामा मानव सेवामा तल्लिन भएर काम गर्न मन लाग्छ ठकुरीले बताउनुभयो ।
सुदूर पश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकामा कार्यालय स्थापना गरेको शान्ति पुनरसर््थापना गृहले भारत तथा तेस्रो मुलुकमा कामको खोजीमा जाने क्रममा जोखिममा परेकाहरुलाई मानव बेचविखन तथा ओसारपसार बिरुद्धको सुचना तथा प्ररामर्श सेवा प्रदान गर्दै आएको छ ।
शान्ति पुनरसर््थापना गृहका सबै स्टापहरुको सहयोगमा यो आर्थिक वर्ष २०७८ र ०७९ मा २ हजार ४४१ जना महिला तथा बालवालिकाहरुको काउनसीलिग गरिएको शान्ति पुनरस्र्थापना गृहका प्रमुुख सञ्जित सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले पनि दुइ जना बालवालिकाहरुको उद्धार गरेका छौ । भने पाँचवटा ओसारपसार सम्बन्धी मुद्दा गर्दा गरेका छौ ।,,
कञ्चनपुरको गड्डाचौकीमा स्थापना भएको यो सस्थाले भारत र नेपालको सिमानामा पर्ने चार वटा नाकामा आफ्नो वीट स्थापना गरेर प्रहरीको सहयोग तथा सहकार्यमा सेवा दिदै आएको प्रमुख सिंहले बताउनुभयो ।
क्याप्सन ः रातदिनमै मानवीय सेवामा तल्लिन हुँदै आएको शान्ति पुनरसर््थापना गृहको टीम । तस्बिर ः शेरबहादुर सार्की