शेरबहादुर सार्की
बाजुरा, फागुन ३० गते । कुनै पनि मासिनले मानिसलाई नै जातीयरुपमा विभेद गर्नु भनेको नेपालको कानुनीरुपमा पनि डण्डनीय भएकोले नीजि तथा सार्वजनिक कुनै पनि ठाउँमा जातीय विभेद गर्नुु नहुने एक कार्यक्रमका वक्ताले बताउनुभएको छ ।
राष्ट्रिय दलित आयोगले आयोजना गरेको जिल्ला प्रशासन कार्यालय बाजुराको सभाहलमा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका माननीय सदस्य मीना देवि सोबले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “बाजुराका दलित समुदायका मानिसले पुस्तौ देखि अहिले सम्म पनि विभेदकै सामना गर्नु परेको छ । एकाइसौ शत्ताब्दीमा रहेर पनि यो विभेद सहुन पर्ने बाध्याताको अन्त्य गर्ने गरी अहिले राष्ट्रिय दलित आयोगले देशका विभिन्न जिल्लामा आफ्ना कार्यक्रम लिएर अघि बढेको छ ।,,
माननीय सोबले भन्नुभयो, यदि अहिले पनि कुनै मानिसले दलित समुदायमाथी विभिन्न खालका जातीय विभेदका घटनाहरु गर्छ भने कुनै पनि हालतमा छोडिने छैन ।
बाजुरामा हुँदै आएको वा अगाल्दै आएको यो विभेद अन्त्य गर्न जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अग्रीम भुमिका खेल्दै आएका छन् ।
तर पनि बाजुरामा अहिले सम्म जातीय विभेद प्रख्यातरुपमा कायम रहेको भन्ने खवर प्राप्त भए अनुसार आफुले यो ठाउँका दलित माथि गरेका जातीय विभेदका घट्नाहरुको कसरी मुल्याङ्कन भइरहेको छ भन्ने विषयमा निकै चाँसो राखेर बाजुरा भ्रमणमा आइपुगेकी माननीय सोबले बताउनुभयो ।
बाहिररुपमा कुनै प्रकारको विभेद छैन भन्ने गरेको भएपनि आन्तरिकरुपमा बाजुराका नौ वटै स्थानीय तहमा अहिले पनि जातीय विभेद कायमै रहेकोले यो प्रथा अन्त्य गर्नका लागि राष्ट्रिय दलित आयोगको टोली बाजुरामा पुगेको हो ।
नेपालका सार्की, कामी, लुहार, विक, नेपाली लगायतका जातजाती सुचिकृत भएपनि सरकारी सेवाका लागि दरखास्त दिने समयमा दलित सिफारिस माग्ने गरेको छ । यी जाती को त सुचिकृतमा नै दलित भनेर लेखिएको छ भने किन सिफारिस आवश्यक रहेको यसका बारेमा पनि राष्ट्रिय दलित आयोगले सम्बन्धीत निकायमा नै छलफल गरिने माननीय सोबले बताउनुभयो ।
बाजुरामा जातीय विभेदका मुद्दाको तथ्याङ्क हेर्न हो भने अहिले सम्म नत जिल्ला प्रहरी कार्यालय बाजुरामा भेटिन्छन् नत जिल्ला अदालतमा भेटिन्छन ।
तर गाउँमा भने अहिले पनि जातीय विभेदका घटना दिनानु दिन बढ्दै गइरहेका छन् । दलितले दलित माथी नै विभेद गरेको तमाम घटनाहरु पनि पाइन्छन ।
बाजुरामा पछिल्लो अवस्था हेर्ने हो भने दलितलाई गैरदलितबाट त विभेद हुने गरेकै छ थियो पनि त्यो भन्दा पनि दलितले दलित माथी नै विभेद गरेका घटनाहरु पनि निकै बढ्ने गरेका छन् ।
बाजुराका अधिकाशं ठाउँमा सार्कीले नेपालीको हातको पानी नखाने लुहारले नेपालीको हातको पानी नखाने नेपालीले गन्दर्भको हातको पानी नखाएको प्रष्ट देखिन्छ ।
जात भनेको एक मात्र हो त्यो मानिस नै हो । त्यसैले कुनै पनि मानिसले मानिसलाई नै भिवेद गरेको पाइएमा नीजलाई कानुनुीरुपमा कारवाही गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै भन्दा बुद्धिमान प्राणी भनेकै मानिस भएकोले कुनै पनि मासिनले कसैलाई जातीयरुपमा विभेद गर्छ भने नीजलाई नेपालको संविधानले नै व्यवस्था गरे बमोजिम कानुनी कारवाही हुन्छ ।,,
केही दिन अघिमात्र जिल्ला प्रहरी कार्यालय बाजुराले जातीय विभेद गर्नु हुँदैन भन्ने विषयमा धामी झाँक्री दलित अगुवा राजनीतिक दल जनप्रतीनिधिहरुलाई जिल्ला प्रहरी कार्यालयको सभाहलमा बोलाएर अन्तरक्रिया गरेको हो ।
जातीय विभेद गर्नु हुँदैन भन्दा भन्दा अहिले पनि बाजुराको विभिन्न स्थानीय तहमा यो कुप्रथा कायमै रहेकोले जिल्ला प्रहरी कार्यालय बाजुराले जातीय विभेदको अन्त्य गर्ने गरी विभिन्न कार्यक्रम गरेर अभियान चलाउँनु परेको जिल्ला प्रहरी कार्याय बाजुराले जनाएको छ ।
जातीय विभेद अन्त्य गर्ने गरी जिल्ला प्रहरी कार्यालय बाजुराले दलितहरुको अगुवाइ र सहभागितामा नै दलित सेल गठन गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भूज ओझाले बताउनुभयो ।
उहाँले भननुभयो , “जातीय विभेद गर्ने एक प्रमुख तत्व भनेकै धामी झाँक्री पुजारी नै रहेकोले उनीहरुको मन मस्तिष्कमा जातीय विभेद गर्नु अपराध हो भन्ने चेतना दिने गरी जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्रशिक्षण तथा अन्तरक्रिया गरेपछि अहिले उनीहरुको चेतनामा केही परिर्वतन भएको छ । ,,
बाजुराका विभिन्न गाउँ गाउँमा रहेका मठमन्दिरमा अँझै पनि दलित समुदायका मासिनले त्यो ठाउँमा प्रवेश गर्न पाएका छैनन् ।
यदि उनीहरुले ती मठमन्दिरमा आफु जानी प्रवेश गरेभने जातीय विभेद अँगाल्दै आएको धामीझाँक्रीबाट नै दलित समुदायलाई दुरव्यवहार हुने गरेको दलित अगुवा राम विकले बताउनुभयो ।
आइतबार जिल्ला प्रशासन कार्यालय बाजुराको सभाहलमा राष्ट्रिय दलित आयोगको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख प्रतीनिधि दलित अगुवा प्रहरी पत्रकार लगायत सयौको सहभागिता रहेको थियो ।