बुढाकोटका सबै टोलहरुमा नेकपा एमालेको कमिटी गठन गर्ने कार्य सकियो


पैरवी खबर

साफेबगर -साफेबगर नगरपालिका ९ बुढाकोटको चौरपिपल, रिठागाउँ र लुयाटामा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ ।
चौरपिपलमा कृष्ण बहादुर साउदको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरिएको हो ।
जसमा:उपाध्यक्ष मोतिकला साउद , सचिव मेनुका साउद , उप सचिव रिङ्कु बिक लगायत अन्य सदस्यहरु रहेका छन ।
रिठागाउँमा अम्बिका साउदको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको हो ।
जसमा :उपाध्यक्ष झुमा देवी परियार , सचिव सन्जा बोहरा साउद , उप सचिव बिक्रम बिक सदस्य हर्क देवी साउद लगायत अन्य सदस्यहरु रहेका छन ।

लुयाटामा मथुरा देवी कुवरको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरिएको हो ।
जसमा : उपाध्यक्ष औसरा बिक , सचिव मक्र थापा , उप सचिव सीता देवी कुवर , सदस्य खेमराज कुवर लगायत अन्य सदस्यहरु रहेका छन

वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य दिपक कुवर प्रमुख अतिथि रहनुभएको थियो ।जिल्ला कमिटी सदस्य रामप्यारी कुवर बिशिस्ट अतिथि , पुर्ब जिल्ला प्रतिनिधि परिसद .स.धुर्ब थापा बिशिस्ट अतिथि , पुर्ब क्षेत्रीय क.स. नर बहादुर कुवर , नगर कमिटी सदस्य एवं वडा इन्चार्ज अर्जुन कुवर, लम्धर प्रसाद भट्ट ,मोहन बिक , वडा कमिटी उपाध्यक्ष सर्जन परियार , लगायत अतिथि रहनुभएको थियो ।

केहेरी साउद , अम्बिका साउद , द्रोपती साउदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन वडा कमिटी सचिव नृप बिकले गर्नुभएको थियो ।