साफेबगर -जातीय छुवाछुतको समुल अन्त्य समतामुलक समाज निर्माण हाम्रो लक्ष्य भन्ने मुल नाराका साथ नेपाल उत्पीडित जातीय मुक्ति समाज साफेबगर नगरपालिको प्रथम नगर भेलाको बन्दशत्र बाट नृप बिकको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी चयन भएको छ ।
जसमा : बरिस्ठ उपाध्यक्ष खेमराज ताम्राकार , उपाध्यक्ष टंकेश्वरी ओड , सचिव जनता रैका , उप सचिव राजेश बिक , दिनेश लुहार , सदस्य टेक बहादुर बिक लगायत सदस्य रहेका छन ।।
अध्यक्ष बिकले: अबको दलित आन्दोलन कसरी अगाडि बढाउने भन्ने बारे अग्रज नेतृत्वबाट सुझाव सल्लाह सहित समिक्षा गर्ने र अबको आगामी चुनावमा बढि भन्दा बढी दलित समुदायको सहभागीताकालागी आवाज उठाउनुका साथै नेकपा एमालेका लागि सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।