साफेबगरमा संचालित पुरुष भलिबल प्रतियोगिताको उपाधि घुघुरकोटलाई
साफेबगर : साफेबगर नगरपालिकाको आयोजनामा संचालित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि साफेबगर नगरपालिका १० घुघुरकोटले हात पारेको छ । नगर पुरस्कार ५० हजार र मेडल तक्मा सहित प्रथम पुरस्कार टिम क्याप्टेन सन्जय भाटले ग्रहण गरेका छन ।
प्रतियोगिताको दोश्रो स्थान हासिल गर्दै साफेबगर न पा ७ रिडिकोटका टिम क्याप्टेन चेतमान बिक्रम शाहले नगद ३५ हजार सहित मेडल ग्रहण गरेका हुन।
यहि फागुन १९ गते देखि संचालन भएको पुरुष भलिबल प्रतियोगितामा साफेबगर नगरपालिकाका १४ ओटै वडाका १४ वटा टिमको सहभागिता रहेको थियो ।
भलिबल प्रतियोगिता समापन कार्यक्रममा नगर प्रमुख कुलबहादुर कुवरले प्रमुख अतिथिको आसनबाट बोल्दै : साफेबगर नगरपालिकाको तर्फबाट खेलकुद क्षेत्रमा सहयोग गर्ने , नगरपालिकामा एउटा बलियो भलिबल टिम निर्माण गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको र नगरमा खेलकुद क्षेत्रको उत्थानका लागि फागुन २ गते देखि महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने बताउनु भएको छ ।
नगरपालिका शिक्षा शाखा प्रमुख हिरादत्त भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिशिस्ट अतिथि कार्यकारी प्रमुख लक्ष्मी प्रसाद शर्मा रहनु भएको थियो ।
नेपाली काङ्ग्रेस प्रतिनिधि पबित्रा कुवर , नेकपा एमाले प्रतिनिधि झन्कर कुवर , नेकपा माओवादी प्रतिनिधि मनोज रावल , एकीकृत समाजबादी प्रतिनिधि हिक्मत कुवर , नगर कार्यपालिका सदस्य जीतबहादुर निशानी , साफेबगर १० घुघुरकोट का का वा अध्यक्ष भरत खड्का , प्रहरी प्रतिनिधि भुपाल सिंह थापा , त्रिपूरा सुन्दरी क्याम्पस प्रमुख टीका तिवारी ,
नेपाल क्रीकेट क्यान अछामका चक्र सुनार , पत्रकार तपेन्द्र कुवर , रमेश परियार , RTI प्रदेश सदस्य मनिस बिक , लगाएत अतिथि रहनु भएको थियो ।
कार्यक्रमको संचालन साफेबगर नगरपालिकाका शंकर थापाले गर्नु भएको थियो ।