साफेबगर : गर्भवतीसंग नगर उप प्रमुख कोशेली कार्यक्रम आज साफेबगर नगरपालिका ४ मस्टामाडौमा सम्पन्न भएको छ ।गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुरयाउने कुराबारे चेतना फैलाउने
स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन निःशुल्क क्याल्सियम र पौष्टिक आहार प्रदान गर्न यो कार्यक्रम संचालन गरिएको हो ।
गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम अन्तरगत मस्टामाण्डौका ३५ जना गर्भवती महिलाहरुलाई : १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, माक्स, नुन वितरण गरिएको हो ।
वडा अध्यक्ष बालगिरी कुवरको अध्यक्षतामा भएको कोशेली कार्यक्रममा, नगर उप प्रमुख बिर्मला देवी बुड्थापा प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य जित बहादुर निशानी , नेकपा एमाले वडा कमिटी अध्यक्ष राजेन्द्र कोलि , कार्यपालिका सदस्य दुरि देबि कुवर , वडा सदस्य भगवती कुवर, सिनियर अनमी जानकी शाह , स्वास्थ्य चौकी अनमी बिहानी बटाला , प्राबिधिक संगीत कुवर , पशु शाखा साफेबगरका कर्ण कुवर , पत्रकार डन्डिराज भट्ट अतिथि रहनुभएको थियो ।
वडा सदस्य भगवती कुवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन साफेबगर नगरपालिका पशु शाखा प्रमुख पदम थापाले गर्नुभएको थियो ।