भुमि अधिकार युनियन साफेबगरका अध्यक्ष मनिष बिकले बुझायो नगर प्रमुखलाई ज्ञापन पत्र


पैरवी खबर

साफेबगर : साफेबगर नगरपालिका स्तरीय दलित भुमी अधिकार युनियनले आज अछाम जिल्ला साफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवर ज्यु लाई ज्ञापन पत्र बुझाइएको छ

। दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबासी हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि विभिन्न ९ वटा बुदाहरु ज्ञापन पत्रमा उल्लेख गरिए बमोजिम दलित बिपन्न अव्यवस्थित बसोबासिहरु हलिया खलियाको माग सम्बोधन गर्न नगर प्रमुख ज्यु ले आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभयो।

ज्ञापन पत्र नगर स्तरीय भुमि अधिकार युनियनका अध्यक्ष मनिष बिकले बुझाएका हुन ।

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल र ओपन सोसाईटी फाउण्डेसनको संयुक्त साँझेदारीमा सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाहरुमा संचालन भईरहेको भुमि अधिकार अभियान अन्तरगत ९ वटै जिल्लाका १८ वटा नगरपालिका र गाउँ पालिका प्रमुख मार्फत जिल्ला भुमिअायाेगलाई दलितभुमिहिन, हलिया र छुट हलियाहरुका ९ बुदे माग राख्दै ज्ञानपत्र बुझाईएको हो ।