त्रिपूरा सुन्दरी मा.वि . श्रीकोटको ६४ औं वार्षिकाेत्सव भब्य रुपमा सम्पन्न


पैरवी खबर

साफेबगर :त्रिपूरा सुन्दरी माध्यमिक विद्यालय श्रीकोट अछामको ६४ औ वार्षिक उत्सव तथा भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक बिकास राज्य मन्त्री माननीय मना कुमारी साउद (मना) ले चार कोठे छात्रा वास भवनको उदघाटन गर्नुभएको हो ।

उहाले अछामको बिकासका लागि कहिल्यै पनि पछि नहटेको त्यसमा पनि यस विद्यालयको आर्थिक तथा भौतिक विकासका लागि सधैं तयार रहेको बताउनु भएको छ ।
बिधालय ब्यवस्थापन समिति अध्यक्ष सुरत बहादुर भुलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुवर,साफेबगर नगर उप प्रमुख बिर्मला देवी बुड्थापा , टेकबहादुर कुवर बिशिस्ट अतिथि रहनु भएको थियो ।

नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि गणेशराज सुवेदी , नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रकाश शाह, नेकपा माओवादी केन्द्र साफेबगर नगर अध्यक्ष रंग बहादुर ठकुल्ला , नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य शिलोज कुवर , जाल्पादेवी वडा अध्यक्ष कालू सिंह कुवर,साफेबगर नगर कार्यपालिका सदस्य जयन्ती बोगटी ,भु.पु. विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पूर्ण चन्द्र जोशी ,सेतबहादुर कुवर,देवराज शर्मा ,हंस बहादुर कुवर,क्याम्पस प्रमुख त्रिपूरा सुन्दरी टीका प्रसाद तिवारी ,सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपति , ईलाका प्रहरी कार्यालय साफेका प्रमुख , विभिन्न माध्यमिक बिधालयका प्र.अ. ,प्रा.बि का प्र .अ, बैंक तथा बित्तीय संस्थाका प्रमुखहरु ,जिल्ला स्थित सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरु अतिथि रहनुभएको थियो । विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवाला स्थानीय अगुवाहरुको समेत सहभागिता रहेकोे थियो ।

यस बिधालयको आर्थिक वर्ष २०७७/०४/०१ देखि ०७८/०३/३२ सम्मको अन्तिम मौज्दात जम्मा १३ लाख ३३ हजार ७ सय ३ रहेको कुरा बिधालयका प्र.अ .प्रेम बहादुर कुवरले बताउनु भएको थियो ।
बिधालयको आर्थिक तथा शैक्षिक उन्नतिका लागि जाल्पादेवीबासी र जिल्लाका कर्मचारी ब्यवसायी, समाजसेवी लगायतले आर्थिक सहयोग गर्नुभएको छ, र सहयोगी दाताहरुलाई यसै कार्यक्रममा प्रसङ्सा पत्र अबिर खादा सहित सम्मान पनि गरिएको छ ।

बिधालयको तर्फबाट र अछामी माग्ने बुढा भनेर चिनिने जनक साउद, अछामी रेखा थापा( भिम बिस्ट )ले जनचेतनामुलुक सास्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने गोजुरियो कराते दो संघ साफेबगरको पनि प्रस्तुति रहेको थियो ।
कार्यक्रमको संचालन शिक्षक शंकर कुवर र डिलाराज आचार्यले गर्नुभएको थियो ।