सबैले आ-आफ्नो स्वास्थ्य विमा गर्नहुन साफेबगर नगरपालिकाको अनुरोध


पैरवी खबर

मिति २०७८/११/०२
प्रेस विज्ञपति

यस सॉफेबगर नगरपालिकाको मिति २०७८ साल माघ २७ गते सम्पन्न नवौं कार्यपालिका बैठकको निर्णयानुसार यस सॉफेबगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट कुनैपनि नागरिकले सार्वजनिक सेवा प्राप्त गर्दा अनिवार्यरुपमा नगरपालिकालाई कर तथा राजस्व चुक्ता गरेको कागजातका साथै अनिवार्यरुपमा स्वास्थ्य विमा गरेको कागजात पेश गर्नुपर्ने र वडा कार्यालयहरुबाट सार्वजनिक सेवा लिनुपर्दाको हकमा नगरपालिकालाई अनिवार्यरुपमा सम्पति कर, व्यवसाय कर तिरेको कागजात पेश गरेको आधारमा मात्र सेवा प्रवाह गर्ने र यस सॉफेबगर नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले आफ्नो तथा आफ्नो घरपरिवारको स्वास्थ्य बिमा नगरेको भए मिति २०७८ साल फागुन १५ गते भित्रको सिमा अवधिमा रही स्वास्थ्य बिमा गरिसक्नु पर्ने यदि उक्त समयावधि भित्र स्वास्थ्य विमा नगरेमा निजहरुले यस नगरपालिकाबाट प्राप्त गर्ने र प्राप्त गर्दै आईरहेका सबै प्रकारका सेवा सुविधा, तलब भत्ता रोकिन सक्रे र सेवाग्राही नागरिकको हकमा यस नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रवाह गरिने सार्वजनिक सेवा उपलब्ध गराउन नगरपालिका तथा वडा कार्यालय बाध्य हुने छैन । स्वास्थ्य विमामा सबै नागरिकहरुको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जेष्ठ नागरिक, गरिब घरपरिवार पहिचान अन्तर्गत अति गरिबको सूचीमा परेका घर परिवार, “क” वर्गको परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्ति, क्षयरोग, कुष्ठरोग, एच.आइ.भी./एड्स रोगबाट ग्रसित भई नियमित औषधी सेवन गरिरहेका व्यक्ति र महिला स्वास्थ्य स्वयंमसेविकाहरुको नेपाल सरकारले नै स्वास्थ्य विमा गरिदिने व्यवस्था रहेको सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छु । यस स्वास्थ्य बिमा कार्यक्रमलाई यस नगरपालिकामा प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिका स्थित वित्तीय संस्था, आयोजना, निगम, प्राधिकरण, सुरक्षा निकाय, सङ्घीय तथा प्रदेश कार्यालयहरु र गैरसरकारी संघ संस्थामा कार्यरत सबै कर्मचारीहरुको अनिवार्यरुपमा स्वास्थ्य विमा गरेको कागजातको आधारमा मात्र नगरपालिका तथा वडा कार्यालयहरुबाट सेवा सुविधा प्राप्त गर्न सकिने भएकोले सबैले आ-आफ्नो स्वास्थ्य बिमा गर्नुहुन अनुरोध गर्दछु । स्वास्थ्य बिमा गर्नको लागि प्रति ५ जनाको परिवारलाई वार्षिक रु. तीन हजार पाँच सय र ५ जना भन्दा माथि प्रति जना रु. सात सब को दरले थप हुँदै जाने, विमा वापतको सुविधा ५ जना परिवारको लागि रु. एक लाख सम्मको हुने तथा प्रति जना रु. बिस हजार को दरले विमा सुविधा रकम थप हुँदै जाने व्यहोरा समेत यसै विज्ञसी मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछु । धन्यबाद !

कुल बहादुर कुँवर
नगर प्रमुख ( साफेबगर नगरपालिका )