वैद्यनाथ वेद विद्याश्रमका वटुकलाई शैक्षिक सामग्री सहयोग


पैरवी खबर

साँफेबगर नगरपालिका वडा नं ३ स्थिति भावुक स्टेसनरी स्टोरले वैद्यनाथ वेद विद्याश्रमक वटुकलाई शैक्षिक सामग्री सहयोग गरेको छ । सरस्वती पुजाको अवसरमा भावुक स्टेसनरी स्टोरका संचालक खेमराज कुँवरले शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत ३० जना वटुकलाई साढे १३ हजार मुल्य वरावरको शैक्षिक सामग्री अन्तरगत कापी कलम सहयोग गर्नुभएको छ ।

उक्त शैक्षिक सामग्री वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भरत कुँवरले वैद्यनाथ वेद विद्याश्रमलाई हस्तान्तरण गर्नुभएको हो। शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक कुँवरले सबै व्यक्तिले मुनाफा आर्जन मात्र नभई परोपकारी कार्य र सामाजिक कार्यमा पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । भावुक स्टेसनरी स्टोरका संचालक कुँवरले आगामी दिनमा पनि वैद्यनाथ वेद विद्याश्रमा सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

पछिल्लो समयमा वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा देखि वटुकलाई जन्म दिनको अवसर देखि विभिन्न अवसरमा सहयोग हुँदै आएको छ । वैद्यनाथ वेद विद्याश्रमका वटुकलाई शैक्षिक सामग्री सहयोग कार्यक्रममा वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका सदस्य गणेशनाथ योगि, वैद्यनाथ वेद विद्याश्रमका शिक्षक शिवराज जोशी लगायतको सहभागिता रहेको थियो।