सामाजिक रूपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक सम्पन्न


पैरवी खबर

एकेन्द्र महता
वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक सम्पन्न भएको छ। सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजना लागू भएको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा समन्वयात्मक बैठक सम्पन्न भएको हो। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा भएको बैठकले वाक नेपाल र केएनएचद्धारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण कार्यक्रम लागू भएका वडामा आत्म निर्भर समुहका बैठकहरु प्रभावकारी बनाउँदै अघि बढ्ने लगाएतका विषयमा छलफल गरीएको छ। बैठकमा सााँफेबगर नगरपालिका नगर कार्यपालिका सदस्य जयन्ती बोगटी, वडा सदस्य शेर बहादुर बि।क। नेपाल कम्यूनिष्ट पार्टी एमालेका वडा कमिटी अध्यक्ष गोपाल प्रसाद भाट, नेकपा एकीकृत समावादीका लक्ष्मण महता, वाक नेपालका कार्य समिति सदस्य मिन बहादुर कुँवर, छलमान ताम्राकार, वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाका अधिकृत सत्य स्वार आत्मा निर्भर समुहका सदस्यहरुको सहभागिता सहभागिता रहेको थियो। बैठकको संचालन वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाका सशक्तिकरण सहजकर्ता अप्सरा बुढा महताले गर्नु भएको थियो।