स्वर्गीय पत्रकार लाल बहादुर बिश्वकर्माको परिवारलाई देउराली फाउण्डेशनको सहयोग
काठमाडौं : स्वर्गीय पत्रकार लाल बहादुर विश्वकर्माको परिवारलाई देउराली फाउन्डेशनले आर्थिक सहयोग गरेको छ । क्रियाशिल दलित पत्रकार संघ नेपालले सञ्चालन गरेको राहत संकलन अभियान अन्तर्गत देउराली फाउन्डेशन र रेडियो हिमालयले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
फाउण्डेसनको तर्फबाट कार्यकारी निर्देशक भिम घिमिरेले शुक्रबार संघकी अध्यक्ष पवित्रा सुनारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । पत्रकार बिश्वकर्माको निधनलगत्तै संघले उक्त राहत अभियान सञ्चालन गरेको थियो ।
चेक हस्तान्तरण गर्दै निर्देशक घिमिरेले फाउण्डेसनले श्रमजीवी पत्रकार हरुलाई सहयोग गर्दै आएको र अप्ठ्यारोमा परेका उत्पीडित समुदायलाइ समेत निरन्तर राहत रकम हस्तान्तरण गरेको बताए । उनले बिश्वकर्माको परिवारको राहत अभियानमा देश तथा विदेशमा सक्रिय सम्पूर्ण पत्रकार र पत्रकारका सस्था हरुले सकेको सहयोग गर्न पनि अपिल गरे ।
देउराली फाउन्डेसन परदेशमा बस्ने स्वंयम सेवीहरुले प्रबर्धन गरेको परोपकारी संस्था हो । फ़ाउण्डेशनले निकट भबिस्यमा सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी देउराली रास्ट्रीय लेखनवृत्ति पुरस्कार प्रदान गर्न लागेको पनि घिमिरेले जानकारी दिए ।
संघका केन्द्रिय सदस्य २६ वर्षिय बिश्वकर्माको उपचारको क्रममा गत माघ ६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा निधन भएको थियो । उनको २१ वर्षिय श्रीमती र पाँच वर्षीय छोरा रहेका छन् ।