बान्निगढी जयगढ गा.पा. मा भुमिहिन सुकुम्बासीको पहिलो चरणको तथ्यांक संकलन सकियो


पैरवी खबर

बान्निगढी जयगढ गाउँपालिकाको साझेदारी FMDC को आयोजनामा संचालित “भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थितहरुलाई लालपुर्जा निर्माण वितरण कार्यक्रम ” को समिक्षा तथा अन्तरक्रिया FMDC अछामका जिल्ला अधिकृत गणेश तिरुवाको अध्यक्षतामा साफेबगरमा सम्पन्न भएको छ । पहिलो चरणमा तथ्यांक संकलन गर्दाका समस्या चुनौती र दोश्रो चरणमा गरिने तथ्यांक संकलनका बारेमा समिक्षा गरिएको थियो । गाउँपालिकाका ६ वटै वडाहरुमा पहिलो चरणको भुमिहिन सुकुम्बासी र अव्यवस्थितहरुको तथ्यांक संकलन सकिएको छ । दोश्रो चरण अन्तरगत यही माघ ९ गतेदेखि पालिकाका सबै वडाहरुमा क्रमशः तथ्यांक संकलन गरिने छ । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ का सदस्य मान बहादुर कुवर , RTI प्रदेश सदस्य मनिष बि.क., सामाजिक परिचालक चेतमान सिंह खड्का , पत्रकार तारामान खड्का , रमेश परियार ,सहजकर्ता मोनिका सुनार, राम बहादुर थापा , गोबिन्द खड्काको उपस्थिति रहेको थियो ।