पत्रकार विश्वकर्माको निधनप्रति केन्द्रीय सदस्य कुँवरद्वारा दु:ख व्यक्त
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष, राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पत्रकार, समाजवदी प्रेस संगठनका केन्द्रिय सदस्य, अछाम काठमाडौ सम्पर्क मन्चका उपाध्यक्ष लालबहादुर विश्वकर्माको असामयिक निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । केन्द्रीय सदस्य कुँवरले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेख्नुभएको छ ‘ सधै हसिलो अनुहारमा देखिने प्रष्टवक्ता एलवि विश्वकर्माको अपत्यारिलो मृत्युवरणको खबरले स्तब्ध भएको छु ।` केन्द्रिय सदस्य कुँवरले सामाजिक संजालमा उहाँका स्टाट्स हेरिरहन्थ्ये तर २/४ दिनदेखि आफै अस्वस्थ भै थला परेकोले सार्बजनिक सूचनाबाट टाढै रहेको हुँदा आज बिहान फेसबुक खोलेर हेर्दा यस्तो दुखद खबर सुन्न पाइयो, अपत्यारिलो खबर पत्त्याउनु बाध्यता नै भएको छ यस दु:खद घट्नाले हामिलाई अपुर्णयिय क्षति भएको छ, उल्लेख गर्नुभएको छ।
म दिवंगत विश्वकर्माप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । रामारोशन गाउँपालिका वडा नं ५ निवासी विश्वकर्मा काठमान्डौंमा रहेर टिभी टुडेमा काम गर्दै आएका थिए । उनको स्वासप्रस्वास समस्या आएपछि पाटन अस्पतालमा पुरयाईको थियो । उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको आफन्तले जानकारी दिएका छ्न।