पहिलो चरणको भुमिहिन , सुकुम्बासी विषयक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


पैरवी खबर

पहिलो चरणको भुमिहिन तथा सुकुम्बासी विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बान्निगढी जयगढ गाउँपालिकाको सहयोग र FMDC को समन्वयमा पालिकाको ६ न.वडा दर्नामा वडा अध्यक्ष कृष्ण कडायतको अध्यक्षतामा सम्पन्न भएको हो । समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा भुमिहिन र सुकुम्बासीको तथ्यांक संकलन भएको छ ।जस्मा : दिला परियार,जग्गिनाथ ओझा , उज्जिर साउद , उजिर लुहार सुनमती लुहार , भुडी लुहार , सेतु लुहार , कालू लुहार , नर लुहार , गणेश थापा , मनसरा सिंह , डम्बर लुहार , जिते ओड , लाल बिश्वकर्मा , रति कडारा , जोगि थापा , रंगि थापा , पहल ढोली , गणेश ओझा , भरत साउद , नवराज कडारा , डम्बर लुहार ,चन्द्रा लुहार , मान साउद , भाना दमाई रहेका छन । कार्यक्रममा महिला अधिकार मञ्च अध्यक्ष निर्मला कडायत , युवा संजाल अध्यक्ष खेमराज ओझा , वडा सहायक गोकुल ठकुल्ला , तथ्यांक संकलनकर्ता अशोक कडायत , दिपक साउद , पत्रकार रमेश पुरुष लगाएत सरोकारवालाहरुको समेत उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन टोलि संयोजक चेतमान सिंह खड्काले गर्नुभएको थियो ।