भुमिहिन तथा सुकुम्बासीको तथ्यांक संकलन विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बान्निगढी जयगढ गाउपालिका र FMDC को साझेदारीमा वडा न.२ जनालिकोटका वडा अध्यक्ष नेत्र बहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको हो ।अन्तरक्रिया कार्यक्रममा जनालिकोटमा रहेका भुमिहिन , सुकुम्बासी , र अव्यवस्थितहरुको तथ्यांक संकलन गरिएको छ ।जम्मा : लालबिरे बिक , कालू बिक , अर्जुन लुहार , धना देवि लुहार , पबि देवी भुल, नन्दा के सि , हिक्मत स्वार, किडे दास , इन्द्रा दास , बसन्ती दास , हंस दास,पुस्पा सुनार,कुन्ता लुहार , कम्माने साउद , पहले आउजी , भद्र दमाई , टंक दमाई , नृप दमाई , सन्तोष परियार , फटेकराज रेग्मी ,रतन आउजी , काले दमाई ,धम्बा आउजी , भारमले दमाई , शेरे आउजी , लक्ष्मण दमाई , राधा देवी साउद सुके आउजी , मोतिकला के सि रहेका छन ।वडा अध्यक्ष साउदले आफ्नो वडामा रहेको सुकुम्बासी र भुमिहिन र अव्यवस्थित बसोबास गर्दै आएकाहरुलाई जसरी भएपनि जग्गा / लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा वडा सदस्य मीन बहादुर सुनार , वडा सचिव मनोज रिमाल ,शिक्षक कामेश्वर रेग्मी, FM DC अछाम जिल्ला अधिकृत गणेश तिरुवा लगाएत सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्य बारे FMDC का गणेश तिरुवाले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन सहजकर्ता चेतमान सिंह खड्काले गर्नुभएको थियो ।