सा.न.पा-२ जाल्पादेवीको बागभिडी टोल छुवाछूत मुक्त टोल घोषणा हुदै


पैरवी खबर

जातीय भेदभाव न्यूनीकरणका लागि हाम्रो अभियान भन्ने नारालाई आत्मसात गर्दै जातीय छुवाछूत सम्बन्धि टोल स्तरीय खुला बहस कार्यक्रम सम्पन्न भएको छ ।साफेबगर नगरपालिका २ न.वडा जाल्पादेबीको सहकार्य तथा वडा स्तरीय दलित संजालको आयोजनामा बागभिडी टोलमा सम्पन्न भएको हो । टोललाई पूर्णरूपमा जातीय छुवाछूत मुक्त टोल बनाउने उद्देश्यले पहिलो चरणको खुला बहस दलित समुदाय बीच दलित अगुवा , सामाजिक अभियानता , शिक्षक , कर्मचारीहरुले एक आपसमा छलफल कार्यक्रम चलाएका हुन । बागभिडी टोललाई छुवाछूत मुक्त गरिसके पश्चात् यो अभियान क्रमशः जाल्पादेविका सम्पुर्ण टोलहरुमा संचालन गर्दै अभियान तीब्र रूपमा अगाडी बढ्ने छ । वडा स्तरीय दलित संजालका उपाध्यक्ष मिना परियार को अध्यक्षतामा भएको खुला बहस कार्यक्रममा २न.वडा जाल्पादेवीका वडा सदस्य तुले भुल प्रमुख अतिथि रहनुभएको थियो । बिशिस्ट अतिथि सामाजिक अभियानता सुरत भुल , शिक्षक जगत बि.क., नेपाल पारा भेटेरिनेरी नेब्लाका केन्द्रिय सदस्य एवं साफेबगर नगरपालिकाका कृषि शाखाका धुर्ब बि.क. , समाजसेवी प्रेम बि.क., बुढीगङगा प्रा.वि.का बिधालय ब्यवस्थापन समिति अध्यक्ष हरिस परियार , लोकेन्द्र बि.क. अतिथि रहनुभएको थियो र अन्य दलित अगुवाहरुको समेत सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन सामाजिक /दलित अभियानता नेत्र परियारले गर्नुभएको थियो ।