साफेबगर नगरपालिकाको आ.व.२०७७/०७८ को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


पैरवी खबर

साँफेबगर नगरपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका आर्थिक बर्ष २०७७÷०७८ को कुल आर्थीक बिवरण प्रस्तुत गरिएको थियो ।
आर्थिक बर्ष २०७७÷०७८को कुल बजेट ७४ करोड ३ लाख ७७ हजार ४ सय २० रकम मध्ये ६५ करोड १३ लाख २५ हजार ६ सय ६९ खर्च भई आर्थिक बर्ष २०७७÷०७८ मा करिब ८८ प्रतिशत बजेट खर्च भएको नगर प्रमुखले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख छ ।
कार्यक्रमका अध्यक्ष साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवरले समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराएका थिए ।
आर्थिक बर्ष २०७७÷०७८ मा नगरपालिका मार्फत पोषण, कृषि विकास, सामाजिक सुरक्षा तथा पन्जिकरण कार्यक्रमको प्रगति, शिक्षा युवा तथा खेलकुद शाखा, सुचना प्रविधि, खानेपानी तथा सरसफाइ, पशु सेवा शाखा, प्राविधिक शाखा, सडक निर्माण, खानेपानी निर्माण, सिचाइ निर्माण, राजश्व संकलन, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वास्थ्य शाखा, न्यायिक समितिको प्रगति र मेडपा लघुउधम बिकासमा भएको प्रगति प्रतिवेदन नगर प्रमुख कुवरले पस्तुत गर्नु भएको थियो । सार्वजनिक सुनुवाईमा प्रगति प्रतिवेदन प्रस्तुत पछि सहभागी सबैले जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नगरपालिकासँग जोडिएका प्रश्नको जवाफमा नगर प्रमुख कुवर, उपप्रमुख विरमला देवि बुडथापा, बिषयगत शाखाका प्रमुखले उत्तर दिएका थिए ।
कार्यक्रको समापन गर्दै साफेबगर नगर प्रमुख कुँवरले कोरोना महामारीले धेरै कुरामा अवरोध गरेको भन्दै सक्ने जति काम गर्न नसकीएको बताए। कार्यकाल अन्ततिर आएको तर केही पुरा गर्न नसीकीय पनि सुरुवात गरिएको बताए । स्थानिय सरकार नयाँ भएको हुदाँ सिक्नमै समय गएको नगर प्रमुख कुँवरले बताए ।धेरै कुरामा नागरिकहरुले समेत सहयोग नर्गने, नगर गर्छु भन्दा पनी सम्वधित क्षेत्रबाट सहयोग नभएको हुदाँ नतीजा नआएको बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रमका अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, नेपालि काग्रेसका डण्डिराज जोशि, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्ला, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य मान बहादुर कुवरले आगामि दिनमा नगरले गर्नुपर्ने कामको बारेमा सुझाव सहितको मन्तव्य राखेका थिए ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कानुन शाखा प्रमुख नृप विश्वकर्माले गरेका थिए ,भने सहजिकरण पत्रकार तपेन्द्र कुवरले गरेका थिए ।