तेस्रो बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


पैरवी खबर

लक्ष्मी लघुबित्त वित्तीय संस्था साँफेबगर अछामद्वारा तेस्रो बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम डुलपानी महिला समूह केन्द्र नम्बर ३३ कि केन्द्र प्रमुख श्रीमती राधिका कुवर को अध्यक्षतामा साँफेबगरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एबम लक्ष्मी लघुबित्त वित्तीय संस्थाका केन्द्रीय कार्यलय आन्तरिक लेखा बिभाग प्रमुख दिपेन्द्र तिम्सिना, अथिति आन्तरिक लेखा परिक्षण बिभागमा कार्यरत वरिष्ठ अधिकृत राजु कुमार रिमाल रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिम्सिनाले लक्ष्मी लघुबित्त वित्तीय संस्थाको उदेश्य ,सेवा सुविधा , भाबि रणनीतिक योजनाका बारे प्रष्ट पार्नुका साथै आफुहरुले बित्तिय लगानी गर्ने मात्र नभई महिलालाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउनका लागि लागिपरेको बताउनु भयो । उहाँले सस्थाबाट लगेको ऋण सहि ठाउँमा प्रयोग गरी भविष्यका लागि रोजगारको बाटो सिर्जना गर्न अपिल समेत गर्नु भयो ।
शाखा प्रमुख गोकर्ण प्रसाद अवस्थीले हालसम्म शाखाले गरेको प्रगती बिवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सस्थाका कर्मचारी भान बहादुर साउदले स्वागत गरेको कार्यक्रमको सञ्चालन सस्थाका कर्मचारी भरत राम कोलीले गरेका थिए।