जन्मदिनको अवसरमा सिकाई सामाग्री सहयोग


पैरवी खबर

जन्मदिनको अवसरमा सिकाई सामाग्रि सहयोग
शिक्षक दिपक बहादुर बुढाले जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गर्नु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वर निवासी शिक्षक बुढाले ३८ औँ जन्मोत्सवको अवसरमा आफु अध्यापन विद्यालय साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वर स्थित श्री प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गर्नु भएको हो। उहाँले प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माध्यामिक विद्यालयमा एसईई तयारी आवासीय क्याम्पमा बसेर अध्ययनत ५४ जना छात्रछात्राहरुलाई सिकाई सामाग्रि (कापी, कलम) वितरण गर्नु भएको हो। सामाग्रि वितरण पछि शिक्षक बुढाले भन्नु भयो अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक काम र पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिनु भयो। उहाँले विद्यार्थीलाई अध्ययनमा सहजता होस भन्ने उद्धेश्यले फजूल खर्चलाई कटौति गर्दै सहयोग गरेको बताउनु भयो। जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यमा जोड्न सकेमा सबै भन्दा पुण्य कमाई हुने उहाँको भनाई रहेको छ। आधुनिकतासंगसंगै जन्म दिन पछिल्लो समय भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएकाले आफूले जन्मदिनलाई रचनात्मक तरिकाले जन्मदिन मनाएको उहाँको भनाई रहेको छ।