साफेबगरमा ” पहाड चप्पल उद्योग” संचालन


पैरवी खबर

साफेबगर नगरपालिकामा चप्पल उद्योग संचालन भएको छ । नगरपालिका को एअरपोर्ट बजारमा “पहाड चप्पल उद्योग” नामक उद्योग को साफेबगर नगरपालिका का नगर प्रमुख कुल बहादुर कुवरले एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको हो । यो उद्योगमा क्वालिटी युक्त्त विभिन्न साइजका महिला , पुरुष र बालबालिकाहरुले प्रयोग गर्न मिल्ने चप्पलहरु उत्पादन भइरहेका छन । काठमाडौ ,नेपालगन्ज , धनगढीको मुल्यमा अछाम जिल्लाका विभिन्न स्थानीय बजारहरु , बाजुरा , डोटी सम्मका ब्यापारीहरु लाई होलसेलमा दिन सकिने संचालक लक्ष्मण थाले बताउनु भयो । उद्योग उदघाटन कार्यक्रममा साफेबगर नगरपालिकाका कार्यपालिका सदस्य जीतबहादुर निशानी , ९ न . वडा बुढाकोटका वडा अध्यक्ष धुर्ब थापा , स्वास्थ्य शाखाका पुस्प बुढा , शंकर थापा , तारामान के सि लगाएत अन्य कर्मचारी ,बजारबासीहरुको उपस्तिथि रहेको थियो ।