अछामको मेल्लेख गाउँपालिका मा बालबालिका हरुका सवाल हरुकाे सम्बाेधन गर्ना का लागि पन्चबर्षिय रणनीतिक याेजना निर्माण सम्बन्धि दुई दिने कार्यशाला गाेष्टि मेल्लख मा सम्पन्न भएकाे छ ।
कार्यशाला मा बाल संरक्षण सम्बन्धि स्थानीय स्तरमा अवस्था विश्लेषण गर्दा देखा परेका बालबालिका सवाल हरु सम्बोधन गर्नका लागि कार्ययोजना सहित पन्चबर्षिय बजेट सहित रणनीतिक याेजना बनाएकाे छ। अब आगामी दिन हरुमा बालबालिका सम्बन्धित काम गर्ने जुन सुकै निकाय तथा संघ सस्था हरुले यसलाई आधार मानि काम गर्नु पर्ने बताएका छ ।
यस्तै मेल्लेख गाउपालिका वडा न. ३ ठाटि लाई बालमैत्रि स्थानीय शासन वडा घाेषणा गर्ने बिषयमा पनि छलफल गरेकाे छ । पुस मसान्तसम्म घाेषणा गर्ने काे लागि अावश्यक सबै सुचक हरु पूरा भए नभएको बारे अनुगमन गरिने जनाएको छ ।
बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पूरा गर्नु पर्ने सम्पुर्ण सुचकहरु पूरा नभएका कुरा गाउँ पालिकाले अनुगमन गरिसके पछि जिल्ला समन्वय समिति लाई अनुगमन गर्नको लागि पत्र पठाउने र सम्पूर्ण सराेकारवाल, निकाय र पालिका स्तरका साझेदारी संघसंस्था हरु समेत लाई काम काे जिम्मेवारी सहित वाड फाड गरेको छ । बालविवाह छाउपडिप्रथा ,सकरात्मक अभिभावकतब लगायत मुख्य समस्या समाधान काे लागि कार्यक्रम थप संचालन गरिने भएको छ । बालबालिका हरु सङ्ग सम्बन्धित विभिन्न किसिमका नीति तथा कार्यबिधी हरु निर्माण गर्ने समेत निर्णय गरेको छ । कार्यशाला मेल्लेख गाउँ पालिकाको बाल अधिकार समितीले आयोजना वर्ल्ड भिजन इ नेपाल र आस्था नेपालको प्राबिधिक सहयोगमा भएको हो।मेल्लेख गाउँ पलिका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा समापन भएको कार्यशाला को सहजीकरण आस्था नेपालका कार्यक्रम अधिकृत भिम बहादुर खत्री र फिल्ड अधिकृत भ्वान सिह सार्कीले गर्नु भएको थियाे कार्यक्रममा मेल्लेख गाउँ पालिका का सम्पूर्ण वडा अध्यक्षहरु मेल्लेख गा पा का निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ ब खडका मेल्लेख गाउँ पालिका का सम्पुर्ण बिषयगत शाखा प्रमुख हरु आस्था नेपालका सामाजिक परिचालक तित बहादुर बिश्वकर्मा लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन आस्था नेपालका सामाजिक परिचालक तपेन्द्र बि क ले गर्नु भएको थियो । अास्था नेपाल ले यश अघि पनि मेल्लेखमा बालबालिका क्षेत्रमा बालविवाह छाउपडी प्रथा सामाजिक कुप्रथा अन्त्य गर्ने मा सहयोग गर्दै अाएकाे छ ।