७३ औ अन्तरास्ट्रिय मानवअधिकार दिवस मेल्लेखमा सम्पन्न


पैरवी खबर

दिनेश बाब्ली ,अछाम । मेल्लेख गाउ पालिका वडा न. ७ नन्देगडामा ७३ औ अन्तरास्ट्रिय मानबाधिकार दिवसको सन्दर्भमा मानवअधिकार दिवस सम्पन्न ।
जीवन मर्यादा समानता, स्वतन्त्रताको अधिकार जीवन दिगो शान्ति र समृद्धि को आधार ,बिधिको शासन कायम गरौं ,
मानवअधिकारको सम्मान गरौं भन्ने मुल नारा का साथ बजार परिक्रमा गरिएको हो।
डि सि ए नेपाल र दलित सेवा संघ अछामको को सहयोग मेल्लेख गा.पा. वडा न ७ नन्देगडाको समन्वयमा र वडा स्तरिय दलित र महिला सन्जाल को सयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
वडा स्तरिय दलित सन्जालका अध्यक्ष मोति सिंह भुल, को अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथी मेल्लेख गाउँ पालिका वडा न. ७ का वडा अध्यक्ष नर बहादुर साउद, बिशिस्ट अतिथि दलित सेवा संघ कार्य समिती सदस्य पार्वती सुनार,महिला सन्जालका अध्यक्ष बिर्मला खड्का, दलित सेवा संघका लेखा तथा प्रशासक दिनेश कडारा , फिल्ड सुपरभाइजर सुरत सुनार, समुह तथा संजाल सरोकारवाला निकाय स्थानीय वासी लगायत को उपस्थित रहेको थियोे ।
कार्यक्रम को संचालन दलित संजालका सचिव भजन बि. क. ले गर्नु भएको थियो ।