मेल्लेखमा रुपान्तरणकारी बचत समूह गठनकाे लागि प्रारम्भिक बैठक सम्पन्न ।


पैरवी खबर

लालबहादुर चदारा

अछामको मेल्लेख गाउपालिका मा रुपान्तरणकारि बचत समुह गठन का लागि प्रारारम्भिक बैठक सम्पन्न भएकाे छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपाल काे
साझेदारी र मेल्लेख गाउपालिका काे समन्वय मा संचालित उत्थानशिल जिबिकोपार्जन तथा पाेषण परियाेजना अन्तर्गत रुपान्तरण का लागि बचत समुह गठन कार्यक्रम काे सहयोगमा मा बैठक सम्पन्न भएकाे हाे।
बैठक मा रुपान्तरणकारी बचत समुह बनाउन सकिने ठाउँ काे पहिचान र बचत समूह मार्फत हुने क्रियाकलाप र परियाेजना बारे फिल्ड अधिकृत निरन्जना पनेरुले जानकारी गराएका थिए । प्रारम्भिक चरणमा मेल्लेखकाे वडा न १,२ र ३ मा बचत समुह गठन गर्दै अन्य वडामा पनि कार्यक्रम विस्तार गरिने जनाएको छ।
अपांगता भएका व्यक्ति जाेखिम विपन्न परिवार बिदेश बाट राेजगारि गुमाएर फर्केका युवा काेराेना बाट प्रभावित ,र अार सि बालबालिका का घरपरिवार लाई समिटने लक्ष्य रहेकाे उनलेे जानकारी दिए ।
उक्त बैठकमा यस्तै रुपान्तरणकारि बचत समूह मार्फत विपन्न परिवार काे जीवन स्थर सहज हुने भन्दै पालिका भित्र का वडा हरु मा प्रभाकारि रुपमा काम गर्न समेत पालिका ले अनुमति दएकाे छ ।
बैठक मा मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहीले (एस फाेर टि) माेडेल एकदमै राम्रो र यस बाट समुदाय दिगाे बिकास हुने भएकोले सबैले सहयोग गर्नुपर्ने मा जाेडदिएका छन । उहाले गाउपालिका बाट हुने समन्वय सहयोग काे लागि कुनै कमि नराख्ने पनि बताएका छन ।
साे परियोजना कार्यक्रम ले पहुच नभएका बर्ग लाई बचत काे बानि बिकास गर्ने उदेश्य रहेकाे अायअार्जन गरि जीवन परिवर्तन गर्ने परियाेजनाले जानकारी दिएकाे छ ।
मेल्लेख मा संस्थाले स्थानीय सरकार काे समन्वय मा यश अघि पनि मेल्लेख का विपन्न बर्ग का लागि थुप्रै क्रियाकलाप संचालन गर्दै विभिन्न व्यावसाय मा बृदि गरेकाे छ ।
मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाही काे अध्यक्षतामा भएकाे बैठकमा मेल्लेखका अाठ अाेटै वडा का वडा अध्यक्ष हरु बिषयगत शाखा प्रमुख ,वाक नेपाल का सामाजिक परिचालक कविता साउद रमेश भुल लगायतको सहभागिता रहेकाे थियाे बैठक काे संचालन अास्था नेपाल का सामाजिक परिचालक तपेन्द्र बिक ले गर्नु भएको थियाे ।