सुनौला हजार दिनका आमाहरुकालागि पोषण बगैँचा स्थापना प्रबिधि तालिम विभिन्न पालिकामा सम्पन्न


पैरवी खबर

वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारिमा संचालित उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजनाअन्तर्गत सुनौला हजार दिनका आमाहरुका लागि पोषण बगैँचा स्थापना प्रबिधि तालिम मेल्लेख गाउँपालिका , साँफेबगर नगरपालिका , जना पन्चदेवल बिनायक नगरपालिका र कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । सुनौला हजार दिनका आमाहरू लाई दिइएको २ दिने तालिममा साफेबगर न.पा .र मेल्लेख गा .पा मा १२० जना, पन्चदेवल बिनायक न.पा.र कमलबजार न .पा. मा १०० गरि जम्मा २२० जनालाई तालिम दिइएको हो ।
स्वास्थ्य चौकीहरु र कृषि शाखाको समन्वयमा तालिम सम्पन्न गरिएको हो, हजार दिनका आमाको पोषण मा सुधार आउनका लागि करेशाबारी ब्यावस्थापन गर्न तरकारिको बिउबिजन उपलब्ध गराइने छ भएको छ । सम्पन्न तालिमको बारेमा वाक नेपालका सामाजिक परिचालक रमेश भुलले जानकारी दिनुभयको छ।