जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालयका बालबालिकालाई न्यानो न्यानो लुगा वितरण गरीएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट निवासी भिम बहादुर बडाहितले आफ्नो २७ औँ जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालय अध्ययनरत सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत आठ जना विद्यार्थीहरुलाई एक–एक जोर न्यानो लुगा वितरण गर्नु भएको हो। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका जिल्ला सदस्य तथा क्याम्पस विभागका प्रमुख समेत रहनु भएका बडाहितले ज्याकेट वितरण गरेकोमा उक्त विद्यालयका प्रधानाध्यापक ईन्द्रजीत ठकुल्लाले धन्यवाद दिनु भएको थियो। साथै उहाँले यस्तै सामाजिक कार्यमा सहयोग गर्दै अगाढी बढ्न आग्रह समेत गर्नु भयो। जन्मदिनमा हुने फजुल खर्च कटाएर सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत आठ जना विद्यार्थीहरुलाई एक–एक जोर न्यानो लुगा वितरण गरेको बताउनु भयो। उहाँले आगामि दिनमा पनि यस्तै रचनात्मक काम गर्दै जाने प्रतिवद्धता समेत जनाउनु भयो। यस्तै सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत आठ जना विद्यार्थीहरुलाई एक–एक जोर न्यानो लुगा वितरण गरेको प्रति विद्यालयका शिक्षक उपेन्द्र बिष्टले समेत बडाहितलाई धन्यवाद दिनु भएको थियो।