मंसिर २९
अधारभुत तह १ -५ मा अग्रेजि विषयको शिक्षक क्षमता अभिवृद्धि सम्बन्धि तीन दिने तालिम आज मेल्लेख गा पा मा सम्पन्न भएकाे छ ।
खापर प्रा बि का प्रधानध्यापक नन्द बहादुर खड्का अध्यक्ष्ातामा भएकाे समापन तालिम का प्रमुख अतिथि कालिका मा बि हतिकाेट शिक्षक समशेर बहादुर साउद रहनु भएकाे थिए ।साउदले बाेल्दै शिक्षामा विषयवस्तु सुहाउदो र विध्यार्थी केन्द्रित शिक्षण विधी गर्न जरुरी रहेकाे र बिद्यार्थी हरुमा नयाँ शिकाई काे सीप प्रबिधि संग जोडेर शिक्षण गर्नु पर्ने बताएका छन ।
तालिम आधारभुत तह का बालबालिका हरुलाई अंग्रेजी सिकाइ प्रभावकारी बनाउने नयाँ ज्ञन सीप प्रबिधि मैत्री र अंग्रेज़ी विषय काे सिकाइ उपलब्धि सत प्रतिशत पुर्याउने उदेश्य का साथ तालिम संचालन गरिएका हाे ।
तालिम सहभागीकाे तर्फबाट बाेल्दै मुना साउद र भिमप्रसाद उपाध्याय ले तालिम मा सिकेका ज्ञान कक्षा काेठमा पनि कार्यनयन गर्नुपर्ने बताएका छन । तालिमको सहजिकरण मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खडका जनता मा बि मेल्लेख का अंग्रेजी शिक्षक वीर बहादुर साउद कालिका माबि का शिक्षक समशेर बहादुर साउदले गर्न गर्नु भएकाे थियाे । तालिममा मेल्लेख अन्तर्गत का बिद्यालय बाट अंग्रेजी शिक्षण गर्ने शिक्षक हरुकाे सहभागिता रहेकाे थियोे ।