नगर स्तरीय अपांग समन्वय समितिद्वारा अपांगहरुलाई सहयोगी सामग्री हस्तान्तरण


पैरवी खबर

साफेबगर नगरपालिका नगर स्तरीय अपाङ्ग समन्वय समितिले अपांगहरुलाइ आवश्यक सामग्री बितरण गरेको छ । साफेबगर नगरपालिकाको आर्थिक सहयोग तथा नगर स्तरीय अपांग समन्वय समितिको सहकार्यमा बितरण गरिएको हो । सा.न.पा.२ जाल्पादेवी का नबिन आउजी लाई व्हिलचियर , बुढाकोट का निराजन कुवर लाई एयरफोन , चण्डीका का शंकर कुवर लाई हाते लठ्ठी, अपांग समन्वय समितिका अध्यक्ष सर्जन परियार द्वारा हस्तान्तरण गरिएको हो । कार्यक्रममा ५ न वडा नवाठानाका अध्यक्ष उज्जिर सिंह साउद , जाल्पादेवी का युवा समाजसेवी शुरेश स्वार , नगर स्तरीय दलित संजालका सचिव नृप बिक लगाएत को उपस्थिति रहेको थियो ।