नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नगर कमिटी अध्यक्ष ललित कुँवरको अध्यक्षतानमा भएको बैठकले वडा कमिटीको मासिक रुपमा बैठक गर्ने, प्रत्येक वडामा पौष मसान्त भित्र टोल कमिटी गठन गरि सक्ने निर्णय गरेको छ। यस्तै बैठकले हरेक महिनाको ५ गते ठिक १२ बजे नगर कमिटी सचिवालयको कार्यालयमा बैठक बस्ने लगाएतका निर्णय गरेको छ। बैठकका प्रमुख अतिथि नेकपा एमाले वन तथा वातारण विभागका केन्द्रीय सदस्य देव बहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर कमिटी सहइन्चार्ज बालगिरी कुँवर, रमेश कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य लाल बहादुर खड्का पूर्ण बहादुर कुँवर, शिव बहादुर खड्का, रुप बहादुर कुँवर, युवा संघका केन्द्रीय सदस्य दीपक कुँवर, अनेरास्ववियुका जिल्ला कमिटी सदस्य, भिम बहादुर बडाहित, साँफेबगर नगरपालिकाका कार्यपालिका सदस्य शंकर भुल लगाएतको उपस्थिति रहेको थियो। नगर कमिटी उपसचिव सिता कुँवरले स्वागत मन्तव्य राख्नु भएको बैठककाो सञ्चालन नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।