नागरिक समाजले गर्‍यो भागेश्वरमा भुमिहिन र आमा बुवा गुमाएका बालबालिकाहरुको विवरण संकलन


पैरवी खबर

अछाम :साफेबगर नगरपालिका ०६ भागेश्वरमा भुमिहिन तथा आमा बुवा गुमाएका बालबालिकाहरुको तथ्यांक संकलन गरिएको छ। साफेबगर नगरपालिकाको आर्थिक सहयोग र FMDC तथा नागरिक समाज संजाल साफेबगरको सहकार्यमा तथ्यांक संकलन गरिएको हो । अहिलेसम्मको बिवरण अनुसार भागेश्वरमा भुमिहिनहरुको संख्या शून्य रहेको र आमा बुवा गुमाएका बालबालिकाहरुको संख्या २७ रहेको छ भने आमा र बुवा दुबै गुमाएका बालबालिकाको संख्या १ रहेको छ । वडा अध्यक्ष प्रेमराज शर्माको अध्यक्षतामा सम्पन्न भएको तथ्यांक संकलन कार्यक्रममा वडा सदस्य अशोक कडारा ,मुना रावल , दुरि हुड्के , नेकपा एमालेका मीन बहादुर बोहरा ,नेपाली काङ्ग्रेसका मीन बहादुर बिस्ट ,टोल बिकास अध्यक्ष इश्वरी खत्री ,बिरेन्द्र दुवाल ,सानू उपाध्यय , लोकसरी बोहरा ,लक्ष्मी रावल , ललिता बिस्ट ,लगाएत अन्य समाजसेवी अगुवा हरुको उपस्तिथि रहेको थियो । साफेबगर नगरपालिकाका अन्य वडाहरुमा निरन्तर रुपमा संकलन कार्य जारी रहेको छ कार्यक्रममा FMDC का मनिष बि सि ले कार्यक्रमको उधेश्य बारे जानकारी गराउनु भएको थियो भने पत्रकार रमेश पुरुषले कार्यक्रमको संचालन गर्नुभएको थियो ।