अवरुद्ध सडक सञ्चालनमा आएपछि स्थानीय खुःसी


पैरवी खबर

शेरबहादुर सार्की
बाजुरा, । बाजुरामा चार महिना देखि अवरुद्ध हुँदै आएको साँफे मार्तडी लोगमार्ग आज देखि सञ्चालमा आएको छ ।
२०७८ असार महिनाको पहिलो साता देखि असोज ११ गते सम्म सो सडक अवरुद्ध बन्दै आएको थियो ।
वर्खाको समय लगातार परेको अविरल वर्षादका कारण पहिरो गएपछि चार महिना देखि अवरुद्ध बन्दै गएको साँफे मार्तडी लोगमार्त अन्तर्गत पर्ने बल्दे दवारी सडक आजबाट पुनःसञ्चालनमा आएपछि स्थानीय खुःसी भएका हुन् ।
सडक अवरुद्ध हुँदा खाद्यान सामाग्रीको अभाव हुनुका साथै स्थानीयलाई समेत आवागमन कार्यमा निकै सास्ती खेप्दै आउनु परेको थियो ।
२०७८ जेठको २३ गते आएको बाढीले बूढीगङ्गा नगरपालिका २ को ताँप्री सेरा बस्ती समेत छेदविछेद पार्नुका साथै घट्टे खोलामा रहेको पक्की पुल समेत बगाएको थियो ।
बाढीपहिरोले नै बाजुराका अधिकाशं बस्ती विस्तावित हुनुका साथै बार्जुगाड देखि मार्तडी सम्मको बाटो लामो समय सम्म अवरुद्ध बन्दै आएको थियो ।
अवरुद्ध भएको त्यो सडक खुलाउन जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा सडक डिभिजन कार्यालय अछामले आजबार सडक सञ्चालनमा ल्याएको छ ।
लामो समय देखि आवागमन कार्यमा सास्ती खेप्दै आएका बाजुराका स्थानीयहरु आजबाट गाडीमा चढ्न पाएपछि निकै खुःसी भएका छन् ।
सडक सुचारु नुहँदा जिल्लाका व्यपारीहरुलाई सामान ढुवानी तथा आवागमन गर्न समेत निकै सास्ती खेप्दै आउनु परेको मार्तडी गैरी बजारका व्यवसायी प्रेम बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो, व्यापारीहरुलाई सामान ढुवानी गर्न असहजता भएपछि उपभोक्ताहरुले पनि दैनिक उपभोग्यका समान खरिद गर्दा चर्को महङ्गीको मार खेप्दै आएका थिए ।
सडक सञ्चालन आएपछि खाद्यानको पर्खाइमा रहेका बाजुराका अधिकाशं स्थानीयहरु चामल पाउने आशले मुहारमा खुःसी छाएको छ ।
चर्को मुल्यमा चामल किन्न बाध्य भएका ती स्थानीयहरु यती बेला बाजुराको खाद्यान डिपोबाट सस्तो मुल्यमा चामल पाउने भएपछि उनीहरुको महारमा खुःसी छाएको हो ।
गत भदौको पहिलो साताबाट नै सडक मर्मत गर्न लागेको भएपनि पानी पर्न नरोकिएपछि समयमै सडक सञ्चालनमा ल्याउन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो ,सकड अवरुद्धका कारण बाजुराका स्थानीयहरुलाई दशैको मुखमा आएर नै खाद्यानको अभाव भएकोले जसरी भएपनि असोज भित्र नै सडक सञ्चानलमा ल्याउन सडक डिभिजन साँफेलाई आग्र्रह गर्दै आएपछि बल्ल यती बेला सडक सञ्चालनमा आएको छ । जसले गर्दा खाद्यान लगायतका अत्याआवश्यक सामाग्री जिल्ला सदरमुकाम मार्तडीमा पुग्न सहज हुने भएको छ ।
सडक डिभिजन कार्यालय अछामलाई पानीका कारण अँझै बाटो अवरुद्ध हुने सम्भावना रहेकोले अँझै केही दिन पहिरो स्थल नजिकै उपकरण र जनशक्ती राख्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।
बार्जुगाड ,अम्कोटको बल्दे, दवारीको पहिरोमा एक साइडबाट बाटो खोल्न लाग्दा फेरि माथीबाट पहिरो आउँदै गरेपछि त्यसलाई पन्छ्याउँदा पन्छ्याउँदै निकै समय लागेको सडक डिभिजन कार्यालय साँफे बगर अछामले जनाएको छ ।
अहिले दिनरात नभनेर बल्दे दवारीको भत्किएको सडक सफाइ गर्दै गएपछि बल्ल गाडी सुचारु गर्न भ्याएको सडक डिभिजन कार्यालय साँफे बगर अछामका सुपरभाइजर गोकुल गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, त्यो ठाउँमा अँझै पनि माथीबाट पहिरो आउन रोकीएको छैन् । तै पनि हामीले त्यो पहिरो पन्छ्याउँदै सोमबार देखि नै जिप ट्रयाक्टर लगायतका सवारी साधन मार्तडी सम्म सुचारु गर्न सक्षम भएका हौ ।
२०७७ साउन २५ गते राती आएको बाढीले जडाङ्गा नदिमा रहेको वेलिब्रिज बगाउनुका साथै बाजुराका अधिकाशं सडक तहस नहस पारेपछि सवारी साधन लामो समय सम्म बल्देमा रोकिँदै आएको सुपरभाइजर गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, दशै तिहारमलाई मध्यनजर गर्दै खाद्यान ढुवानीमा सहज हुने गरी सडक मर्मत गरेर सवारी साधान सञ्चालनमा ल्याएपनि स्थायीरुपले सडक बनाउँन भने अँझै समय लाग्छ ।
वर्षात्का कारण रागमार्ग सँगै जोडिएका धेरै पुलहरु पुर्णरुपमा क्षति भएका छन् । ती पुल अहिले सम्म निर्माण भएका छैनन् ।
समयमै पुल निर्माण कार्यलाई अगाडी बढाउँनका लागि माथिल्लो निकाय सँग कुरा भइरहेको साँफे मार्तडी सडक डिभिजन कार्यालय अछामका इन्जिनियर दमन कुमार विष्टले बताउनुभयो ।

क्याप्सन ः प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली थप नियमति गर्न बेल्दे बल्दे सडकमै सरोकारबाला सँगै छलफल गर्दै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा