शेरबहादुर सार्की,
बाजुरा । बाजुरामा शिक्षा, स्वास्थ्य, विद्यालय , खानेपानी लगायतका भौतिक पुर्वाधार विकास निर्माणका क्षेत्रमा राम्रो परिवर्तन भएपनि सामाजिक कुसंस्कार अन्तर्गत पर्ने जातीय विभेद तथा छाउप्रथामा भने कुनै परिवर्तन आएको छैन् ।
समाजमा कुरीति, कुसंस्कारको रुपमा मानिदैँ आएको जातीय विभेदले भने पुस्तौ देखि अहिले सम्म बाजुरामा जरा गाड्दै आएको छ ।
दलित समुदायलाई तीर्थ स्थल देखि गाउँमा रहेका मठ ,मन्दिरमा प्रवेश निषेध गरिँदै आएको छ भने महिलाहरुलाई महिनावारी भए छाउगोठमा सुत्न लगाउनुका साथै दुध, दहि महि जस्ता पोषिला खानेकुराबाट समेत वञ्चित् गरिँदै आएको छ ।
बाह्रय रुपमा जातीय विभेद हटेको प्रचार हुँदै आएको बाजुरामा दलित समुदायले र महिनावारी भएकी महिलाले अँझै पनि घरमा सुत्न र मठ ,मन्दिर कुवा, पँधेरा जस्ता सार्वजनिक तथा नीजि स्थलमा प्रवेश गर्न पाएका छैनन् ।
बाजुरामा पुस्तौ देखि अहिले सम्म जातीयका आधारमा दलित समुदायलाई विभिन्न विभेद गरिँदै आएको दलित अधिकारकर्मी इन्द्र नेपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, गाउँमा रहेका मठमन्दिर पाटी पौवा लगायतका सार्वजनिक स्थल निमार्णमा दलित समुदायको राम्रो सहभागि रहँदै आएको भएपनि निर्माण पछि भने त्यो ठाउँमा प्रवेश गर्न दिएका छैनन् ।
तीरो तीर्न र श्रम गर्न समान भएपनि गाउँमा रहेका मठमन्दिरमा भने गैरदलितले दलितलाई सधै यसरी नै विभेद गरिँदै आएको बूढीगङ्गा नगरपालिका वडा नं १० का दलित नेटर्वकका सचिव रमेश सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, सीप र श्रम चल्ने ठाउँमा समान हुने गरेको भएपनि गाउँका धारा कुवा मठमन्दिर लगायतका सार्वजनिक स्थलमा विभेद नै हुने गरेको छ ।
चुनावको समयमा राजनीतिक दलले जातीय विभेदलाई मुख्य नाराको रुपमा उठाउँदै आएपनि जितेपछि उनीहबाट यो मुद्दाको सुनुवाइ हुँदैन ।
विवाह,पुजापाठमा बाजा बजाउन, लुगा सिलाउन ,फलाम विभिन्न औजार निर्माण गर्नु परेमा दलित समुदायको आवश्यक हुन्छ, ।
नीजि स्वार्थमा दलित समुदायको खोजी हुने गरेको भएपनि सार्वजनिक स्थलमा भने अँझै विभेद गर्न छोडेको छैन् ।
दलितका सवाल कागज लेखिने गरेको भएपनि प्रयोगमा भने बााजुराको नौ वटै स्थानीय तहमा आएको छैन् ।
काम र सीपबाट आफ्नो नाम कमाउँदै आएका बाजुराका अधिकाशं दलित समुदायहरुले जातकै कारण पछाडी पर्नु परेको छ ।
दलित समुदायको उत्थानका लागि विभिन्न दलबाट प्रतिनीधित्व गर्ने व्यक्तीबाट नै विभेद हुने गरेको छ ।
बूढीगङ्गा नगरपालिका वडा न. १० का दलित वडा सदस्य जगु सार्कीले भन्नुभयो, दलित समुदायका जातीय विभेदका मुद्दा उठान गर्ने गरी आफु राजनीति गर्न थालेको भएपनि जातीय विभेद अँगाल्दै आएका जनप्रतिनीधिबाट उत्टै आफुलाई समेत छुइछिटो हाल्ने गरेका छन् ।
उहाँले भन्नुभयो, वडाको विभिन्न सभा गोष्टिमा आफुलाई बोलाउने गरेको भएपनि चिया नास्ता खाने समयमा भने जनप्रतिनीधि उठेर बाहिर जाने गर्छन् ।
नेकपाबाट वडा सदस्यमा जितेकी सार्कीले भन्नुभयो, नेकपाबाट दलित महिलामा आफुले र महिला खुल्लामा देवकी जोशीले जनताबाट भारी मत पाएर यो ठाउँमा आएको भएपनि अहिले आफुलाई देवकी जैशीले नै विभेद गरेको सार्कीले बताउनुभयो ।
चुनावका बेला आफु सँगै प्रचार प्रसारमा जाँदै गरेकी देवकी जोशीले दलित समुदायको घरआगनमा गएर समाजमा हुने गरेका विभिन्न विभेदको अन्त्य गर्छौ समेत भन्नु भएको थियो ।
गाउँका सोझा साझा जनतालाई मुखले एक भनेपनि व्यवहारबाट प्रष्ट नभएकी देवकी जैशीले अहिले पनि सहकर्मीलाई नै विभेद गरिरहेकी छन् ।
नेपालको संविधानमा यो व्यवस्था भएपनि पहुँचबालाले सार्वजनिक ठाउँमा नै विभेद गर्दा पनि पहुँच नभएकाहरुले सधै यसरी नै मौन बस्नु परेको जनप्रतिनीधि सार्कीले भन्नुभयो ।
बाजुराको नौ वटै स्थानीय सरकारले जातीय विभेद गर्नु हुँदैन भनेर विभिन्न चेतनामुलक सन्देश दिदै आएको भएपनि गाउँमा जातीय विभेदले अँझै गहिरो जडा गाड्दै आएको छ ।
अहिले पनि बाजुराका अधिकाशं ठाँउमा दलित समुदायको कुनै पनि मानिसले आफु जानी मन्दिर प्रवेश गर्यो भने त्यसले गाउँको समाजबाट उल्टै ठुलो सजाय भोग्नु पर्छ ।
बाजुराका बूढीगङ्गा नगरपालिका वडा नं १० का झण्डै ५० भन्दाबढी दलित दलित परिवारले पुस्तौ देखि अहिले सम्म सार्वजिक स्थलमा प्रवेश गर्न नपाएको गुनासो गर्दै आएका छन् ।
बदेडा गाउँमा कालापातल , मण्टामाण्डौ, पैयाँजडी माइ लगायतका दर्जनौ मठमन्दिर छन् । ती मन्दिरमा दलित समुदायको श्रम सीप तथा पैसा चल्छ तर प्रवेश गर्न भने कहिल्यै नपाएको दलित अगुवा बताउँछन् ।
ती भौतिक संरचना निर्माण गर्दा त्याहाँका दलित समुदायको आर्थिक तथा भौतिकरुपमा ठुलो उपस्थिती रहेपनि निर्माण काम सम्पन्न भइसेकपछि त्यो ठाउँमा प्रवेश गर्न दिदैनन् बूढीगङ्गा नगरपालिका १० का स्थानीय दलित नेटर्वक सचिव सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ती मठमन्दिरमा हाम्रो बावुबाजेले ठुलो धन खर्च तथा श्रम गरेको भएपनि उनीहरुका सन्ततीले अँझै त्यो ठाउँमा प्रवेश गर्न दिएका छैनन् ।
मठमन्दिर सँगै गाउँमा रहेका, धारा कुवा लगायतका सार्वजिनक स्थलमा समेत दलित समुदायलाई पुस्तौ देखि अहिले सम्म वञ्चित गरिँदै आएको सार्कीले बताउनुभयो ।
बदेडा गाउँ बाजुरा जिल्लाको सबै भन्दाबढी जातीय विभेद गरिने ठाउँको रुपमा चिनिदै आएको छ ।
यो ठाउँमा अहिले पनि दलित समुदायलाई गाइ गोरु बाँधेको वा हुलेको ठाउँ गोठ छानामा प्रवेश दिदैनन् । यती दलितले प्रवेश गरेपछि माथिल्लो जातको मानिसले अँझै छाना छुइयो भनेर गाली वेइजत गर्नुका साथै सजाय समेत गर्छन् ।
यस गाउँमा अहिले सार्की, रावल ,लुवार र नेपाली लगातयका चार जातजातीका मानिसहरु बसोवास गर्दै आएका छन् ।
आर्थिक तथा भौतिकरुपमा कुनै काम परे भने यी चारवटै जातजातीका मानिसले काम मिलेर गर्ने भएपनि मठमन्दिरमा पुजापाठ गर्ने समयमा भने निकै विभेद गर्ने गरेको सार्कीले बताउनुभयो ।
कुनै पनि व्यक्तीलाई निजको जात जाति समुदाय पेशा व्यवसाय वा शारीरिक आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुद तथा भेदभाव गर्न नपाइने व्यवस्था नेपालको संविधान भाग ३ को धारा २४ मा उल्लेख छ ।
छुवाछुत् तथा भेदभाव जन्य कार्य गम्भीर सामाजिक अपराध कानुनीरुपमा डण्डनीय हुने छ । त्यस्तो कार्यबाट पीडित व्यक्तीलाई काुनन बमोजिम क्षतिपूर्ति पाउने हक हुने छ भन्ने कुरा पनि कानुनमा प्रष्ट छ ।
जातीय विभेद तथा छुवाछुदको कसुर गर्नेलाई अपराधको प्रकृति बमोजिक अधिक्तम तीन महिना देखि तीन वर्षमा सम्म कैद तथा एक हजार रुपियाँ देखि पच्चिस हजार रुपियाँ सम्म वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ ।