जिल्ला उपसभापति काङ्ग्रेस नेता शाह को उम्मेदवारी घोषणा


पैरवी खबर

अछाम । नेपाली कांग्रेस अछामका नेता धनबहादुर शाहले अछाम जिल्ला उपसभापति मा उम्मेद्धारी घोषणा गरेका छन् । उनले १४ औँ महाधिबेशनमा अछाम जिल्ला उपसभापति मा आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको संगठन निर्माण, कार्यकर्तालाई सक्रिय बनाउन र समग्र अछाम जिल्ला जनताको सेवामा सर्मपित हुन आफ्नो उम्मेद्धारी रहेको बताए ।

कांग्रेसलाई बलियो बनाउनुका साथै जिल्लाका युवाहरुलाई अगाडी बढाउन र जनताका समस्यालाई समाधान गर्न आफु सक्रिय भएर लाग्ने उनको भनाई छ । साथै कांग्रेसका नेता कार्यकर्ताको मनोभावनालाई आत्मासाथ गर्दै आगामी दिनमा अघि बढ्ने पनि उनको भनाई छ।

नेता शाह २०४६ को जनआन्दोलन देखि नेपाली काँग्रेस पार्टीमा इच्छुक राख्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
२०४९ साल मा साबिक को हात्तीकोट गा वि स वडा न ९ वडा अध्यक्ष मा निर्बिरोध चयन , २०५४ साल मा साबिक हात्तीकोट गा वि स अध्यक्ष , तेर्हौ महाधिवेशन मा जिल्ला कार्यसमिति सदस्य , हुदै हाल उहाँ २०७४ को स्थानीय चुनाव मा निर्वाचित भएर मेल्लेख गाउँ पालिका उपाध्यक्ष हुनुहुन्छ ।