अछाम :वाक नेपाल र वर्ल्ड भिजनकाे सहयाेगमा काेभिड प्रतिकार्य सबलिकरण परियाेजना मार्फत मेल्लेख गाउँपालिकाकाे स्वास्थ्य शाखालाई एक कार्यक्रमका बिच काेभिड – १९ परिक्षणकाे दायरा वृद्धि तथा परिक्षण सहज बनाेस् भन्ने हेतुले १ लाख ९२ हजार बराबरकाे एन्टिजेन कीट हस्तान्तरण गरिएकाे छ ।
कार्यक्रममा मेल्लेख गाउँपालिका स्वास्थ शाखा प्रमुख बिर ब. ठकुल्ला, प्रशासन शाखाका नवराज शाहि, संस्थाका तर्फबाट लेखा संयाेजक ईश्वर उपाध्याय, अनुगमन संयाेजक जगत रावल, जिविकाेपार्जन फिल्ड अधिकृत धिरज ढुंगाना लगायतकाे उपस्थिति रहेकाे थियो । सामग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै लेखा संयाेजक ईश्वर उपाध्यायले यस अघि पनि संस्थाले काेभिड – १९ काे खाेप केन्द्रलाई आवश्यक स्वास्थ सामग्री सहयाेग गरेकाे तथा स्वयमसेवक खटाएकाे र याे सहयाेग पनि सबै वडाका लक्षित वर्ग समक्ष पुग्ने कुरामा विश्वास गरेका छन् । त्यस्तै जिविकाेपार्जन फिल्ड अधिकृत धिरज ढुंगानाले वैदेशिक राेजगार बाट नेपाल भित्रिएका तथा जाेखिममा रहेका परिवारका लागि याे सहयाेग गरिएकाे बताएका छन् । याे विषम परिस्थितिमा अत्यावश्यक सामग्री सहयाेग र कर्मचारीकाे कमी भएकाे खाेप केन्द्रमा आवश्यक स्वयंसेवक खटाई दिएकाेमा मेल्लेख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिर ब. ठकुल्लाले संस्थालाई धन्यवाद दिनु भएकाे छ ।