अछाम :नेपाली काँग्रेसका युवा नेता अनिल परियार ले साँफेबगर नगर सचिब पदको उम्मेदवारी घोषणा गर्नुभएको छ । असोज ०९ गते हुने नगर अधिवेशनमा आफू सचिब को लागि उम्मेद्धारी दिने तयारी रहेकाे युवा नेता अनिल परियारले बताए ।
उहाँले भन्नुभयाे, अाफु कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काङ्ग्रेस लाई बलियो बनाउन कटिबद्ध छु ।
स्थानीय प्रदेश संघकाे अागामी अाउने निर्वाचनमा विजयी गर्न गराउन साँफेबगर नगर कार्य समितिले गर्ने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको परियारले बताए ।
नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीको लागि नेपाली काँग्रेस जुटेको छ ।