संविधान दिवसमा अशक्तले पाए घरमै नागरिकता


पैरवी खबर

शेरबहादुर सार्की
बाजुरा, असोज ३ गते । केही वर्ष अघि दुइ चार दिन लगाएर नागरिकता लिदै गरेका बाजुराका अधिकाशं असक्त अपाङ्गले पछिल्लो समयमा गाउँमै नागरिकता पाउन थालेका छन् ।

बाजुराका अधिकाशं गरिब, दुःखी, अपाङ्ग, असक्तहरुले शारीरिक तथा आर्थिक समस्याका कारण जिल्ला सदरमुकाम मार्तडीमा गएर नागरिकता लिन निकै सास्ती खेप्दै आउनु परेको थियो ।
जिल्ला प्रशासन कार्यालय बाजुराले यो अवस्थालाई मध्यनजर गर्दै असक्तको घरमै पुुगेर नागरिकता दिएपछि उनीहरुमा गाउँमै सरकार आएको महशुस गरेका छन् ।

यसै क्रममा बुढीगङ्गा नगरपालिका वडा नम्बर –१० बस्ने पुर्ण अशक्त सिता जैशीले आज घरमै नागरिकता प्राप्त गरेकी छन् ।
संविधान दिवसको अवसर पार्दै जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी सहितको टोली असक्त सिता जैसीको घरमै पुगेपछि बल्ल उहाँले नागरिकता पाउनु भएको हो ।
बाजुरामा लगातार पर्दै गएको अविरल वर्षात्का कारण गाउँका सडक पुर्णरुपमा बन्द भएपछि सदमुकाम मार्तडी गएर नागरिकता लिन नसकेपछि उहाँले पाउने सामाजिक भक्ता पनि रोकिएको थियो ।

२० वर्षीया अशक्त सिता जैशी विगत २० वर्ष देखि अहिले सम्म पनि पोलियो जस्तै रोगबाट घर भित्रै थला परेका छन् ।
पुर्णरुपमा अपाङ्ग असक्त रहेकी सिता जोसीको समाजिक सुरक्षा भक्ताका लागि नागरिकताको आवश्यक भएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले उहाँको घरमै नागरिकता दिएको हो ।
अपाङ्ग, असहाय, दलित महिलाहरुले पाउने सेवा यस अघि कागजमा उल्लेख गरीएको भएपनि त्यो सेवा प्रत्यक्षरुपमा नागरिकले पाउने गरेका थिएनन् ।

सरकारी निकायले जसरी भएपनि नागरिकहरुलाई सहज हुने गरी काम गर्नु पर्छ भन्ने कुरा यती बेला जिल्ला प्रशासन कार्यालयबाट सुरुवात भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो ।
नागरिकता परिचय पत्र लगायतका प्रमाणपत्र लिनका लागि हप्तौ दिन लाउँदै आएको अपागंले अहिले त्यो सेवा प्रत्यक्षरुपमा गाउँमै पाउन थालेपछि स्थानीयमा निकै खुःसी छाएको सिता जैशीका बुवा मेखराज जैशीले बताउनुभयो ।

जैशी जन्मजात असक्त भएर घर बाहिर निष्कने अवस्था नभएको र नागरिकता लिनका लागि जिल्लामा आउन नसकेकोले उहाँको घरमै पुगेर नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो ।

भारी वर्षात्का कारण गाउँका सडक अवरुद्ध हुँदै आएकोले असक्त सिता जैशीलाई बोकेर जिल्ला सदरमुकाम मार्तडी ल्याउन नसकिने अवस्था रहेकाले जिल्ला प्रशासान कार्यालय बाजुराले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नागरिकता टोली गाउँ गाउँमा खटाएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, जिल्लामा लामो समय सम्म भएको बन्दाबन्दीले अपाङ्ग असाहय अशक्त लगायतका नागरिकले नागरिकता लिन नसकेकोले यती बेला उनीहरुलाई घरमै नागरिकता दिने गरी गाउँमै नागरिकता टोली पठाएको हो ।

क्याप्स ः सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी अशक्त सिता जैशीको हातमा नागरिकता दिदैँ । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा