नेशनल लाईफ ईन्स्योरेन्स क.लि को अभिकर्ता भेला , तालिम तथा सम्मान कार्यक्रम सा्ँफेबगरमा सम्पन्न


पैरवी खबर

अछाम । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आज अभिकर्ता पुनर्ताजाकी तथा सम्मान कार्यक्रम साफेबगरमा सम्पन्न भएको छ । शाखा प्रमुख दिपक बहादुर खड़का को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिति नेशनल लाईफ इन्स्योरेन्स कम्पनी मङलसैन शाखा प्रमुख बिकास पण्डित रहनु भएको थियो । त्यस्तै अतिथीमा मेगा बैंक अछामका शाखा प्रमुख चेतराज पन्त , सुनचाँदी ब्यबसाय संघ अछामका अध्यक्ष दिपक सुनार , विशिस्ट अभिकर्ता झंकर खड्का , निर्माण ब्यबसायी तथा अभिकर्ता रबि स्वार , केशर बहादुर साउद , एजेन्सी कार्यालय प्रमुख मनिराज महर ( मेल्लेख ) , जीवन बहादुर बुढा ( नन्देगडा )तथा टेक बहादुर थ्यायत ( कमलबजार )रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख खड्काले यस्ता कार्यक्रम हामी हरेक बर्ष व्यावसाय गर्ने अभिकर्ता को बार्षिक मेहेनतको कदर गर्न सम्मान तथा पुरस्कार बितरण गर्दै आइरहेको जानकारी दिनु भयो ।

आत्म निर्भर बन्न तथा फुर्सदको समयको सदुपयोग गर्न हरेक युवाले बिमा अभिकर्ता हुनु पर्ने र कसैको आशा गर्न नपर्ने हुदा यस्तो बिना लगानिमा मनग्य पैसा कमाउन सकिने पेशा सबैले अङगाल्नु पर्ने बताउनु भयो । साथै त्यस्ता अभिकर्ताहरुलाई ब्यबसाय प्रोत्साहन गर्ने उद्देश्य ले अभिकर्ता सम्मान गरिएको शाखा प्रमुख खड्काले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती पण्डितले बिमा आफ्नो स्वार्थको लागि मात्र नगरी बिमितको उज्योल भबिष्यको लागि समेत कुनै गलत प्रसार प्रचार नगरि बिमा गराउन सबै अभिकर्ताहरुमा आग्रह गर्नु भएको छ ।
कार्यक्रममा आर्थिक बर्ष २०७७/७८ मा अछाम जिल्लामा उत्कृष्ट कार्य गरि संजाल प्रथम जीवन बहादुर बुढा , दृतिय महेन्द्र ठकुल्ला , तृतिय मनिराज महर तेस्तै ब्यक्तिगत कोर्ड बाट प्रथम टेक बहादुर थ्यायत , दृतिय डिल्ली राज रेग्मी तृतिय भिम बहादुर बुढा लाई सम्मान गरिएको थियो ।

त्यस्तै ब्यबसाय प्रबन्धकको लक्ष्य पूरा गर्नु हुने गोमा कुमारी ठकुल्ला , धना महर , शान्तराज ठकुल्ला , खेम बहादुर कुवर , रमेश बुढामगर , प्रजिना सिङाल , पार्बती कुमारी केसि , भिम महर , नृप बहादु बुढा , नरेश बहादुर कुवंर , मिना कुमारी अधिकारी , जानकी कुमारी ठकुल्ला , तारा ठकुल्ला , भुपेन्द्र रोकाया
तेस्तै ब्यबसाय अधिकृत दिपक कुमार सुनार , कुश महर , भरत बहादुर साउद , रबि स्वार ,धुर्ब कुमार ठकुल्ला , नामसरा बुढा लाई सम्मान पत्र सहित सम्मान गरेको थियो ।

झंकर बहादुर खडकाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन यस कम्पनीका लेखापाल श्री कृष्ण बहादुर ठकुल्लाले गर्नु भएको थियो ।
कार्यक्रममा जिल्लाका करिब ८० जना बढी सकृय अभिकर्ता सहभागी रहनु भएको थियो ।