पैरवी सम्बादाता ,अछाम : साबुन पानिले हात धुने बानि ,पानी सुद्विकरण पुर्ण सरसफाइ अभियान प्रबर्द्धन र (वास)का सामाग्री अापुर्ति काे अबरोध हटाउन पालिका स्तरमा पैरवी तथा अन्तरक्रिया कार्यक्रम मेल्लेख मा सम्पन्न भएकाे छ ।
खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति सयाेजक तथा मेल्लेख गाउपालिका अध्यक्ष लाे बहादुर बाेहरा काे अध्यक्ष्ातामा भएकाे अन्तरक्रिया कार्यक्रम मा मेल्लेख गाउपालिका काे खानेपानी सरसफाइ तथा स्वच्छता अभियान काे पछिल्लो अबस्था काे बारे छलफल भएकाे छ ।
यस्तै पालिका वडा बाट सरसफाइ ,पाेषण सम्बन्धि भएका क्रियाकलाप काे जानकारी गराएको छ। संस्था मार्फत सरसफाइ र पाेषण सम्बन्धि मेल्लेख गाउपालिका मा सेवक नेपाल द्वरा भएको काम काे पनि समिक्षा हुनु का साथै मेल्लेख गाउपालिका काे अायाेजना सेवक नेपाल काे प्राबिधिक सहयोग समन्वय मा अब अागामि दिनमा गर्ने खानेपानी सरसफाइ स्वच्छता सम्बन्धि रणनीतिक कार्ययोजना तयार गरिने भएकाे छ ।
यु एस ए अाई डि सेबक नेपाल सुअाहारा दाेस्राे काे अार्थिक सहयोग मेल्लेख गाउपालिका काे अायाेजना भएका अन्तरक्रिया कार्यक्रम मा कार्यक्रम काे उदेश्य बारे सेवक नेपाल सुअाहार दाेस्राे का कार्यक्रम सयाेजक सेत बहादुर भुल प्रस्ट पारेका थिए ।
सहजिकरण सेवक नेपाल का तेज बहादुर उपाध्याय गर्नु भएकाे थियाे मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडका मेल्लेख का अाठै वडाका वडा अध्यक्ष हरु सहभागिता रहेकाे अन्तरक्रिया कार्यक्रम काे संचालन सेबक नेपाल सुअाहरा दाेस्रा का डन्डी ढुङ्गेना ले गर्नुभएकाे थियाे ।