स्थानीयको सहयोगबाट घर निर्माण
अछाम।
साँफेबगर नगरपालिका ३ शिद्धेश्वरका आर्थिक रुपले विपन्न नवराज ओडको स्थानीय तथा प्रवासको सहयोगबाट घर निर्माण गरीएको छ। उक्त घर निर्माण भई सके पछि एक कार्यक्रम बिच आर्थिक हिसाब किताब सार्वजनिक गर्दै हस्तान्तरण गरिएको छ।
स्थानीय युवा नरेश ठकुल्लाको अभियानमा घर निर्माण गरिएको हो। घर निर्माण समितिका संयोजक आकाश कुँवरको संयोजकत्व, समाजसेवि रंग ठकुल्लाको सुक्रव सल्लाह र स्थानीय युवाको सक्रियतामा घर निर्माण गरिएको हो। घर निर्माणमा शिद्धेश्वर निवासी हाल भारत प्रवासमा बस्नु भएका प्रवासी दाजुभाईहरुको ठूलो आर्थिक सहयोग रहेको जनाईएको छ।
शिद्धेश्वर प्रगतिशील एकता समाजबाट ५० हजार विश्वकर्मा हितैसी सोसाईटीबाट ३२ हजार, साँफेबगर नगरपालिका वडा नम्बर ३ बाट २० हजार अन्य स्थानीयबाट ७ हजार ७ सय ७० र साँफेबगर स्थित बल्याक एञ्जल युवा क्लबबाट २५ हजार बराबरको जस्तापाता लगायत निर्माण सामाग्री र खाद्यान्न सहयोगले उक्त घर निर्माण गरिएको समितिका संयोजक आकाश कुँवरले बताउनु भयो।
समितिका संयोजक कुँवरको अध्यक्षतामा एक कार्यक्रम गरी सबैको साथ र सहयोगमा निर्माण गरिएको उक्त हस्तान्तरण गरिएको हो। घर हस्तान्तरण कार्यक्रममा वडा सदस्य सीता देवि सुनार, समाजसेवि रंगबहादुर ठकुल्ला, दिपक सुनार, कालु कुँवर, डिल्ली लोहार, लोकेन्द्र ठकुल्ला, लक्ष्मण भुल, बिरेन्द्र लोहार, नर बहादुर लोहार, अर्जुन कुँवर, मीन आउजी, गगन लोहार लगाएतको सहभागिता रहेकोे थियो। घर हस्तान्तरण कार्यक्रमको संचालन हर्क बिकले गर्नु भएको थियो।