रसुवाबाट उद्धार गरिएका परिवारलाई न्यू होपद्वारा राहत वितरण


पैरवी खबर

रसुवामा आएको बाढी तथा विपद्का कारण नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं उद्धार गरिएका परिवारलाई New Hope ले राहत सामग्री वितरण गरेको छ।
उद्धार भई काठमाडौं आएका वीरबहादुर परियार, देउती परियारलगायत परिवारलाई लत्ताकपडा, खाद्यान्न, सिरक–डसना, भाँडाकुँडा, पिफम, पानी, चामललगायत अत्यावश्यक सामग्री प्रदान गरिएको हो।
संस्थाका संयोजक मनिष बि.क. लगायतको सहभागितामा राहत वितरण गरिएको जनाइएको छ।