साँफेबगर नगरपालिकाद्वारा खाद्यान्न सामग्री वितरण


पैरवी खबर

साँफेबगर- साँफेबगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले खाद्यान्न सामग्री वितरण गरेको छ।

कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर १ देखि १४ नम्बर वडाका जम्मा ५६ जना लक्षित वर्गका लाभग्राहीहरूलाई चामल, गहुँको पिठो तथा खानेतेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो
कार्यक्रममार्फत आर्थिक रूपमा विपन्न तथा आवश्यक सहयोगको खाँचो भएका महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राहत उपलब्ध गराइएको थियो। सहभागीहरूले नगरपालिकाको यस पहलले दैनिक जीवनयापनमा सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका थिए।