नेपाल शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्रराज जोशीको दुःखद निधन


पैरवी खबर

अछाम– नेपाल शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्र राज जोशीको दुःखद निधन भएको छ ।
प्राप्त जानकारी अनुसार आइतबार बेलुकी आँपको रुखबाट लडेर गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।
साँफेबगर नगरपालिका १ बैजनाथ घर भएका जोशी नेपाल शिक्षक संघ अछामका अध्यक्ष तथा मष्टामाडौं आधारभूत विद्यालय चौरपाटी गाउँपालिका-४ पायलका प्रधानाध्यापकका रूपमा कार्यरत थिए । उहाँको असामहिक निधनले अछामको शैक्षिक क्षेत्र तथा शिक्षक समुदायमा गहिरो शोक छाएको छ।