अछाम । नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) ले आयोजना गरेको ‘रामारोशन स्काई रनिङ २०२६’ प्रतियोगितामा ताप्लेजुङ का रमेश लिम्बू प्रथम भएका छन्।
बुधवार अछामकाे रामाराेशनमा सप्पन्न रनिङ प्रतियाेगितामा लिम्बुले २८ किलोमिटरकाे दूरी ३ घण्टा २८ मिनेट १५ सेकेन्ड मा पूरा गर्दै उपाधि जितेका हुन् । तेस्तै उनका प्रतिस्प्रधि जुम्लाका शाेनम बहादुर रावत ३ घण्टा ३०मिनेट ४५ सेकेन्डमा २ मिनेट ३० सेकेन्ड काे अन्तरले दाेस्राे भएका हुन ।
त्यस्तै महिलाहरुकाे खुला विधातर्फ काे खेलमा नेपाल अार्मिबाट सुनसरी राेकायाले ४ घण्टा ३२ मिनेट ४४ सेकेन्ड मा पहिलाे भएकि हुन । तेस्तै उनका प्रतिस्पर्धि खाेटाङकि निर्मला राई ४ घण्टा ३४ मिनेट १७ सेकेन्डमा २ मिनेट २७ सेकेन्ड काे अन्तरले दाेस्राे भएकि हुन ।
स्थानीय युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २० वर्षमुनिका खेलाडीका लागि ५ किलोमिटर सामुदायिक दौडमा पुरुषतर्फ पञ्चदेवल बिनायक नगरपालिकाका सुशील तिमिल्सिनाले २४ मिनेटमा पार गर्दै पहिलाे बनेका छन् ।
महिलातर्फ देबकी धामिले २९ मिनेट २७ सेकेन्डमा पार गर्दै पहिलाे भएकि हुन ।
२८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसबाहेक दुवै विधाका शीर्ष १० स्थान हासिल गर्ने धावकलाई समेत नगद पुरस्कार प्रदान गरिएकाे छ ।
यस्तै, ५ किलोमिटर सामुदायिक दौडमा पुरुष तथा महिला दुवै विधाका उत्कृष्ट खेलाडीलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएकाे हाे । सबै विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।
सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र रामारोशनमा सम्पन्न प्रतियोगितामा देश भरका विभिन्न ५७ जिल्लाबाट १५३ जना धावकले प्रतिस्पर्धा गरेका थिए ।
करिब २ हजार १५० देखि ३ हजार ८३० मिटर उचाइ अन्तर समेटिएको उक्त चुनौतीपूर्ण मार्गमा धावकहरूको सुरक्षा तथा सुविधाका लागि ६ वटा वाटर पोइन्ट र ६ वटा चेकपोइन्टको व्यवस्था गरिएकाे थियाे ।
प्रतियोगिताले साहसिक खेलको प्रवर्द्धनसँगै रामारोशनको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।


