अछाम । साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोट निवासी गजलकार दीर्घ टमट्टा गम्भीर बिरामी परेपछि हाल सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचाररत छन्। चिकित्सकका अनुसार उनलाई नसासम्बन्धी जटिल समस्या देखिएको छ, जसका कारण शरीरका विभिन्न अङ्गहरू चल्न छाडेका छन्।
डाक्टरको सल्लाहअनुसार उनको शीघ्र शल्यक्रिया (अपरेशन) गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण उपचार प्रक्रिया अघि बढ्न सकेको छैन। अस्पतालको शय्यामा छटपटाइरहेका टमट्टाको जीवन रक्षाका लागि आवश्यक उपचार खर्च जुटाउन कठिनाइ भइरहेको परिवारले जनाएको छ।
गजल तथा साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका दीर्घ टमट्टाको उपचारमा सहयोग पुर्याउन परिवार तथा शुभेच्छुकहरूले सम्पूर्ण सहयोगी मनहरूमा आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेका छन्।
सहयोग गर्न इच्छुक महानुभावहरूले तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ।
सम्पर्क नम्बरः ९८६५७६१८३९
“तपाईंको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा र नयाँ जीवन दिन सक्छ।”



