जिल्ला अस्पताल अछाममा निःशुल्क आँखा शिविर सञ्चालन हुने


पैरवी खबर

अछाम — नेपाल नेत्रज्योति संघ तथा गेटा आँखा अस्पतालको आयोजनामा अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।
शिविर आगामी २०८३ जेठ ५ र ६ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ। शिविरमा मोतिबिन्दु लगायत आँखासम्बन्धी विभिन्न रोगका बिरामीहरूको परीक्षण तथा आवश्यक परे निःशुल्क अपरेशनसमेत गरिनेछ।
आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई समयमा नै सम्पर्क गरी सेवा लिन आग्रह गरिएको छ।
शिविरका लागि नाम दर्ता शुल्क रु. २० निर्धारण गरिएको छ। साथै अपरेशन गर्नुपर्ने बिरामीहरूले खाना, ओढ्ने तथा ओछ्याउने व्यवस्था आफैं गर्नुपर्ने आयोजकले जनाएको छ। अपरेशन गराउने बिरामीसँग एक जना अभिभावक अनिवार्य हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।