साँफेबगर-५ नवाठानामा बाल सञ्जाल गठन


पैरवी खबर

साँफेबगर । साँफेबगर नगरपालिका वडा नं. ५ नवाठानामा बालबालिकाको अधिकार, सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै बाल सञ्जाल गठन गरिएको छ। साँफेबगर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा वडा नं. ५ को समन्वयमा आयोजित कार्यक्रममा १५ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो।

गठित सञ्जालको अध्यक्षमा तिर्सना कुमारी लुहार चयन भएकी छन्। नवगठित सञ्जालले बाल अधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालबालिकाको आवाजलाई स्थानीय तहसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष मक्कर कुँवरले “बालबालिका हाम्रो समाजको भविष्य हुन्। उनीहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई नेतृत्व विकासका अवसर दिनु स्थानीय सरकारको दायित्व हो। बाल सञ्जाल गठनले बालबालिकाको आवाजलाई सशक्त बनाउनेछ र वडा स्तरमै बालमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
साँफेबगर नगरपालिका उद्यम विकास शाखाकी सहजकर्ता सुनिता कुमारी कुँवरले कार्यक्रमको सञ्चालन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण बाल अधिकारकर्मी तथा आस्था नेपालका कर्मचारी भ्वान सिंह सार्कीले गर्नुभएको थियो ।

कार्यक्रममा वडा सचिव धुर्व विक, वडा सदस्य चक्र चाड लगायत अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।