साँफेबगर — साँफेबगर नगरपालिकाले तथ्यांक संकलक (गणक) पदका लागि लिइएको अन्तर्वार्ताको अन्तिम नतिजा सार्वजनिक गरेको छ। नगरपालिका कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार विभिन्न वडाबाट छनोट भएका १४ जना उम्मेदवार सफल भएका छन्।
नगरपालिकाले सफल उम्मेदवारहरूलाई नतिजा प्रकाशन भएको मितिले सात दिनभित्र आवश्यक प्रक्रियाका लागि कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।



